site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

बैतडी । नेपाल र भारतका सुरक्षा निकायबीचको  बैठक  सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, गैर कानुनी धन्दा, तस्करी र मानव बेचबिखन नियन्त्रण लगायत विषयमा छलफल भएको  छ ।

भारतको झुलाघाटमा शुक्रबार सम्पन्न बैठक सीमा सुरक्षा बलियो बनाउन र दुई देशको सीमामा हुने आपराधिक गतिविधिलाई निरुत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेपालका तर्फबाट प्रतिनिधित्व गरेको  जिल्ला प्रहरी नायब उपरीक्षक बालनरसिँह राणाले जानकारी दिए ।

बैठकमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप र त्यसको नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीले अपनाउनुपर्ने रणनीतिका बारेमा व्यापक छलफल भएको थियो ।

पछिल्लो समय गरिएको सीमा सुरक्षा कडाइका कारण नेपाल र  भारतका तस्कर, आपराधिक समूह कमजोर भएकाले सीमा क्षेत्रका प्रहरीलाई अझ चनाखो भई काम गर्न समेत निर्देशन दिइएको छ ।

बैठकमा नेपालका तर्फबाट बैतडीका प्रहरी प्रमुख राणा, सहायक प्रजिअ टेकसिंह कुँवर लगायत तथा भारतका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक विजय सिंहको नेतृत्वमा रहेको टोली थिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro