site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ हजार भन्दा बढी भारु भए जफत : राष्ट्र बैंक
काठमाडौं । भारतले ५ सय र १ हजार भारु नोट लिन अनुमति दिएपनि नेपाल राष्ट्र बैंकले २५ हजार रुपैयाँ मात्र सटही गर्ने भएको छ ।
२५ हजार रुपैयाँ भन्दा बढी रकम अबैध हुने भएपछि राष्ट्र बैंकले बढीमा २५ हजार रुपैयाँ मात्र सहटी गर्ने भएको हो । २५ हजार रुपैयाँ भन्दा बढी भारु सटही नहुने राष्ट्र बैंक विदेशी विनियम विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । “भारतले ५ सय र १ हजार भारु साट्न अनुमति दिएमा सीमा भन्दा बढी साट्न सकिन्न” उनले भने “सो भन्दा बढी भए जफत हुने छ ।” 
राष्ट्र बैंकले भारु सटहीका लागि भारतको रिर्जव बैंक अफ इन्डिया (आरबीआई) सँग छलफल गरिरहेको पनि उनले जानकारी दिए । यो मुद्दा आरबीआईको नभई भारत सरकारको भएकाले सरकारी तबरबाट समधान खोजिनुपर्ने ढुङानाको तर्क छ । दुवै देशका केन्द्रीय बैंकका गभर्नरबीच कुरा भइसकेको र आरबीआईले नेपालमा भएको भारुका बारेमा सरकारलाई जानकारी पनि गराइसकेको उनले जानकारी दिए । केही दिनभित्र भारु समस्या समधान हुने उनको ठम्याई छ । 
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्रीहरुले भारु सटही नहुँदा  व्यवसायीका अतिरित्त भारतमा काम गर्ने नेपालीलाई समस्या भएको भन्दै तत्काल पहल गर्न सरकारको ध्यानकर्षण गराएका छन् । पुर्वअर्थमन्त्रीद्वय डा.रामशरण महत र सुरेन्द्र पाण्डेले भारतको निर्णयले नेपाली मारमा परेको ठहर गर्दै तत्काल सरकारीस्तरबाट पहल थाल्न सरकारलाई भनेका हुन् । 
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कालोधन  र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि देशभर ५ सय र १ हजारका नोट मंगलबार मध्यरातदेखि नचल्ने घोषणा गरेपछि नेपालमा अन्यौल सिर्जना भएको छ । भारत सरकारले प्रतिवन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बुधबार बिहानदेखि १ हजार र ५ सय दरका भारु सटहीमा बन्देज लगाइसकेको छ ।  आरबीआईले भारु साट्ने प्रत्याभूति नदिएसम्म केही गर्न नसकिने राष्ट्र बैंकले जानकारी गराइसकेको छ ।  
भारतमा लाखै नेपाली रोजगारीमा रहेको र भारतसँग अनौपचारिक प्रणालीबाट व्यापार बढिरहेकाले व्यवसायी र सर्वसाधारणसँग बढी भारु सञ्चिति रहेको अनुमान गरिएको छ । यस्तै केही वर्षअघि ५ र १ हजार भारु कारोबार नेपालमा खुला गरिएको थियो । यता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको १ हजार र ५ सय दरका भारु मौज्दात विवरण माग गरेको छ । 
चालु आर्थिक वर्षको भदौसम्म नेपाल राष्ट्र बैंकले ६४ करोड अमेरिकी डलर बेचेर ४२ अर्ब ८३ करोड भारु खरिद गरेको थियो । असोजको विवरण आउन बाँकी रहेकाले भारु संचित यो भन्दा बढी छ । भारतसँग भारुमा मात्र कारोबार हुने भएपछि राष्ट्र बैंकले त्यहाँको आरबीआईलाई डलर बेचेर भारु खरिद गर्दै आएको छ । नेपालको कुल व्यापारको ६५ प्रतिशत भन्दा बढी भारतसँग छ । बैंकका अतिरिक्त व्यक्तिसँग धेरै भारु सञ्चिति रहेको अनुमान छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro