अर्थ व्यवसाय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ४ वटा कम्पनीको बोनस र हकप्रद सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार भक्तपुर फाइनान्स कम्पनी लिमिटेडको १ लाख १० हजार कित्ता बोनस, बाग्मति डेभलपमेन्ट बैंकको ८० हजार ५ सय कित्ता बोनस, बुटबल पावर कम्पनी लिमिटेडको १ लाख ८८ हजार ९३० कित्ता हकप्रद, सानिमा बैंकको १ लाख ६८ हजार ५३२ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १४:४८
प्रतिक्रिया दिनुहोस्