अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको नाफा बढेको छ । बैंकले असोजसम्ममा २८ करोड २४ लाख रुपंैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २६ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले १ अर्ब १५ करोड रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा नाफा, निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको बैकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमाशको वित्तीय विवरणले देखाएको छ ।
असोजसम्ममा बैंकले ६५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले ४५ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ निक्षेप परिचालन गरेको थियो । गत असारसम्म बैंकले ६० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै बैंकले ५१ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३० अर्ब ३ करोड रुपैयाँ लगानी गरेको थियो । गत असारसम्म बैंकले ४८ अर्ब २१ करोड २७ लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।
किस्ट बैंक र प्रभु विकास बैंक गाभिएर बनेको बैंकले समस्याग्रस्त ग्राण्ड बैंकलाई खरिद गरेको थियो । हाल बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । बैंकले आगामी असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउनु पर्ने छ । वित्तीय विवरण अनुसार बैंक अझै जोखिममा छ । पहिलो त्रैमासमा बैकको खराब कर्जा अनुपात साढे ७ प्रतिशतभन्दा बढी छ । खराव कर्जा बढी भएपछि बैंकले १०१ प्रतिशत भन्दा बढी ऋण व्यवस्थापनमा खर्चिनु परेको छ । बैंकको औसत ब्याज आम्दानी (स्प्रेड) दर ५ प्रतिशत तल छ । नेपाल राष्ट्र र्बैंकले निक्षेप र कर्जा लगानीमा दिने ब्याज अन्तर ५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । बैंकको प्रतिसेयर आम्दानी साढे १७ रुपैयाँ छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ ११:४९
प्रतिक्रिया दिनुहोस्