विदेश
काठमाडौं । अफगानिस्तानमा एक आत्मघाती हमलाकारीले एक ट्रक त्यहाँस्थित जर्मनीको कन्सुलेट भवनमा कार ठोक्काउँदा कम्तीमा ४ जनाको मृत्युभएको र अन्य २० जना घाइते भएको अलजजिरा टीभीले जनाएको छ ।
अफगानिस्तानको मजार ए सरिफमा अवस्थित उक्त कन्सुलेट भवनमा कार ठोक्काउँदा ठूलो बिस्फोट भएको थियो । बिस्फोट हुनुभन्दा अगाडि गोली चलेको आवाज सुनिएको बताइएको छ ।
स्थानीय समय अनुसार रातीको ११ बजे उक्त घटना भएको हो ।
उक्त घटनाको तालिवानले जिम्मेवारी लिएको बताइएको छ । उसले कुन्दुज प्रान्त भएको आक्रमणको बदलामा गराएको बताएको छ ।
नेटोले उक्त आक्रमणको अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ ११:२९
प्रतिक्रिया दिनुहोस्