site stats
बाह्रखरी :: Baahrakhari
देश
सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको हो ।  

आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको बताइएको छ ।

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो लिएका छन् । 

आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्