site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौँ । उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सेवाग्राहीबाट गुनासा आएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले ती कार्यालयमा अनुगमन गरेकका छन्। 
मन्त्री जोशी आज बिहान १०ः१५ मा विभाग र कार्यालय पुग्दा अधिकांश कार्यकक्ष खाली थिए । विभागका महानिर्देशक कार्यालय पुगेका थिए भने कम्पनी रजिस्ट्रार कार्यकक्षमा पुग्न भ्याएका थिएनन् । 
विभाग र कार्यालयको अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री जोशीले भने, “जनताले सुशासन अनुभूत गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो । सोही अनुसार मन्त्रालयसँग सम्बन्धित कार्यालयको अनुगमन गर्नेछु ।” उनले सेवाग्राहीले बेरोकतोक सेवा पाउनुपर्नेमा जोड दिँदै अनुगमनलाई निरन्तरता दिइने बताए । 
उद्योग मन्त्रीले आफ्नो मन्त्रालयको कार्यसम्पादनलाई सही तवरले अगाडि बढाउन चाहेको बताउँदै त्यस कार्यलाई सहयोग नगर्नेप्रति कारबाही गर्ने चेतावनी पनि दिए । उनले भने “कार्य सम्पादनमा इमान्दार नहुनेमाथि ‘एक्सन’ लिन्छु ।” 
 
मन्त्री जोशीसँग एडिबीका देशीय निर्देशकको भेट 
यसैबीच, उद्योगमन्त्री जोशीसँग नेपालका लागि एसियाली विकास बैंक एडिबीका देशीय निर्देशक किनिची योकोयामाले एडिबीको लगानीमा सञ्चालित आयोजनाको कार्यान्वयनका विषयमा छलफल गरेका छन् । 
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री जोशीले पछिल्लो समयमा उद्योग मन्त्रालय कार्य सम्पादनलाई प्राथमिकता दिएर अगाडि बढेको जानकारी दिँदै एडिबीका लगानीमा सञ्चालित योजना प्राथमिकताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरे । 
मन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाईंका अनुसार आगामी फागुनको तेस्रो साता लगानी प्रवद्र्धन सम्मेलन गर्न लागिएको र त्यस विषयमा देशीय निर्देशक योकोयामासँग छलफल भएको थियो । मन्त्री जोशीले सम्मलेनभन्दा पहिले नै नीतिगत सुधारलाई सकाएर रोजगारीमूलक उद्योगको प्रवद्र्धनलाई प्राथमिकता दिने बताएका थिए । 
सो अवसरमा योकोयामाले उत्पादनमूलक क्षेत्रमा लगानी एडिबीले लगानी बढाउने बताएका थिए । रासस
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro