site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भालुले मह खाइदिन थालेपछि..
मुगु। कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् । 
मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दुई घार, लोगबहादुर रोकायाका छ घार, रत्नवीर रोकायाका छ घार, लोकबहादुर रोकायाका छ घार र रणबहादुर रोकायाका एक–एक घार फोरेर मह खाई दिएको छ । 
गाउँमा प्रत्येक घरमा कम्तीमा पनि एकदुईवटा घार हुने भएकाले भालुले मह खान थाले पछि सबै गाउँले रातभरि जागै भएर भालु कुर्न थालेका छन् । 
एक घारबाट १५ मानासम्म मह निस्कने र प्रतिमाना रु ८००मा विक्री हुने गर्दछ । 
मुर्मा गाउँ रारा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले गाउँलेले भालुलाई मार्न आँट नगरी भगाउने गरेपनि राति फेरी आएर घारै बोकेर लाने गरेको स्थानीयबासिन्दाको गुनासो छ । 
यहाँ जेठ र कात्तिक महिनामा दुई चोटी मह निकाल्ने गरिन्छ । एकै याममा कृषकले मह बिक्री गरेर न्यूनतम रु २५ हजारसम्म आम्दानी गर्ने गर्दछन् । 
पछिल्लो समयमा नेपालकै ठूलो र गहिरो ताल रारा हेर्ने आउने पर्यटक बढ्दै जान थालेका र उनीहरुले रारा तालदेखि ३० मिनेटको दूरीमा रहेको यो गाउँ मै पुगेर मह किन्न थालेपछि उनीहरु मौरीपालनमा आकर्षित भएका थिए तर भालुले घार नै बोकेर लान थालेपछि घार कसरी जोगाउने भनेर चिन्ता बढेको अर्का स्थानीयबासी वृषबहादुर रोकाया बताउँछन् । 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro