site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैतडी । हिन्दू नेपालीको महान् चाड दसैँ तथा तिहार सकिएलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने विभिन्न मन्दिरमा जात्रा तथा मेलाको समय सुरु भएसँगै रौनकता छाएको छ । 
परम्परागतरुपमा देवीदेवताका मन्दिरमा कार्तिक शुक्ल पक्षमा पूजाआजा हुने गरेको स्थानीयले बताएका छन् । बैतडीको त्रिपुरासुन्दरी भवगती मन्दिरमा सोमबार र मङ्गलवार मेला लाग्ने भएको छ । मेलामा राँगा र बोकाको बलि दिइने गरिन्छ । स्थानीय भाषामा रणशैनी नामले प्रसिद्ध सो मन्दिरको दर्शन गर्नकालागि सुदूरपश्चिमका साथै सीमावर्ती भारतको झुलाघाट, पिथौरागढलगायतका ठाउँबाट पनि भक्तजन आउने गर्दछन् । यस्तै, मेलौली भगवती मन्दिर र रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने चलन रहिआएको बताइएको छ । 
जिल्लाका रौलाकेदार, महारुद्र मन्दिर, श्रीकोटमा रहेको भिटाकेदार मन्दिर, सुरपाल मन्दिरलगायतका ठाउँमा कार्तिक शुक्ल पक्षमा पूजाआजा तथा जात्रा हुने गरेको छ । कार्तिक शुक्ल अष्टमीका दिन धेरै मन्दिरमा पूजाआजा तथा जात्रा हुने गरेको छ भने धेरैजसो मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा हुने गरेको छ । 
यस्तै, दार्चुलाको प्रसिद्ध मालिकार्जुन धाममा समेत कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा तथा मेला लाग्ने गर्दछ । दार्चुलाकै लटिनाथ मन्दिर, बन्तोली, देवथली, जैपुर, बल्लेख, पाती र लेकगाउँलगायतका ठाउँमा मेला तथा जात्रा लाग्ने स्थानीय पङ्कज धामीले जानकारी दिए। 
डडेल्धुरामा रहको उग्रतारा मन्दिर, कैलपाल मन्दिर, बझाङ र बाजुरामा घोडेजात्रा, डोटीमा रहेको दुर्गामन्दिर, अछामको जामा केदार, मुजाबगरमा पनि मेला लाग्ने गर्दछ । 
देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिका बेला मन्दिरमा पूजाआजा हुने भएपनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro