देश
पाल्पा । पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकीको माहालिङधाममा बन्न लागेको प्राकृतिक शिक्षण अस्पताल र आधुनिक गुरुकुल निर्माणका लागि आर्थिक रकम सहयोग प्राप्त भएको छ ।
स्याङ्जाको निबुवाखर्कमा जन्मनुभएका अमेरिकाको भर्जिनियाको राजधानीस्थित एक मन्दिरका प्रमुख आचार्य मोतिलाल रिजालले रु एक लाख ११ हजार १०० आर्थिक रकम सहयोग गरेका हुन् ।
“गाउँको विकास निर्माणका कामलाई अगाडि बढाउने र गण्डकीबेंसीका नागरिकले घरदैलोमै सेवा पाउन् भन्ने उद्देश्यले रकम सहयोग गरेको हुँ”, उनले भने । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ ०७:४२
प्रतिक्रिया दिनुहोस्