राजनीति
काठमाडौँ । अंगीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले कुरा गर्दै अंगीकृत नागरिकता र संविधानको मस्यौदा बाहिर आएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले सो विषयमा राजनीतिक दलसँग गम्भीर रुपमा छलफल गरी छिट्टै सहमति कायम गर्ने समेत उनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३ १३:३६
प्रतिक्रिया दिनुहोस्