site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । बिहीबारसम्म देशका ५१ जिल्ला जनस्वास्थ्य कार्यालयले चालू आर्थिक वर्षका लागि औषधि खरिद गरिसकेका छन् । 
‘‘अघिल्ला वर्षको तुलनामा यसवर्ष निकै चाँडो औषधि खरिद भएको छ, सम्भवतः मन्त्रालयले पहिलोपटक यति छिटो औषधि खरिद प्रक्रिया अगाडि बढाएको छ’’,— प्राथमिक स्वास्थ्य सेवा पुनःजागरण महाशाखाका निर्देशक डा मोहम्मद दाउदले भने ।  
प्रत्येक जनस्वास्थ्य कार्यायले रु तीन लाखबराबरको औषधि किनिसकेका छन् भने बाँकी औषधि किन्नका लागि बिहीबारसम्ममा ३३ वटा जिल्लामा जनस्वास्थ्य कार्यालयले बोलपत्र आह्वान गरेको महाशाखाले जनाएको छ । 
बाँकी जिल्लाले पनि एक हप्ताभित्रमा बोलपत्र आह्वान गरिसक्ने महाशाखाले जनाएको छ । केन्द्रमा आपूर्ति व्यवस्थापन महाशाखाले गत असोज १६ गते नै बोलपत्र आह्वान गरिसकेको छ । 
जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा धेरै काठमाडौंले ७५ लाख र सबैभन्दा थोरै मनाङले १३ लाख रुपैयाँ बराबरको औषधि किन्ने मन्त्रालयले जनाएको छ । 
पाँचवटै क्षेत्रीय निर्देशनालयले पनि एक दुई दिनभित्रमा बोलपत्र आह्वान गरिसक्ने निर्देशक डा दाउदले बताए ।  
क्षेत्रीय निर्देशनालयमध्ये धनकुटाले रु ६० लाख, हेटौँडाले रु ७५ लाख, पोखराले रु ६० लाख, सुर्खेतले रु ५५ लाख र डोटीले रु ५० लाखको औषधि किन्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको उनको भनाइ छ । 
बोलपत्र आह्वान गरेपछिका बाँकी सबै प्रक्रिया पूरा गर्दा बढीमा दुई महिनाभित्रमा औषधि ल्याइसकिने मन्त्रालयको दाबी छ । 
मातहतका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरणका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खरिद गर्न लागेका हुन् । रासस 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro