site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । लामो वार्तापछि चिनियाँ ठेकेदार चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) रसुवागढी जलविद्युत आयोजनाको काममा फर्किन सहमत भएको छ ।
प्रवद्र्धक रसुवागढी हाइड्रोपावर लिमिटेड र सीडब्ल्यूबीच भएको लामो वार्तापछि यस्तो सहमति भएको हो । सीडब्ल्यूईले नोभेम्बर भित्र आयोजनाको  सिभिल निर्माण सुरु गर्ने र १० दिनभित्र सीडब्ल्यूई केन्द्रीय कार्यालयबाट उच्चस्तरिय प्राविधिक टोली आएर बाँकी विवादित विषय मिलाउने सहमति भएको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । 
“लामो छलफलपछि ठेकेदार वार्तामा फर्किन सहमत भएको छ,” उनले भने “अब आयोजनाको कामले गती लिनेछ ।” सीडब्ल्यूईले काम रोक्ने निर्णय फिर्ता लिने र तत्काल आयोजनास्थलमा कामदार परिचालन गर्ने सहमति भएको उनले जानकारी दिए । वार्ताका क्रममा प्रवद्र्धक रसुवागढी र सीडब्ल्यूईबीच झन्डै ठेक्का तोडिने अवस्थापमा पुगेको थियो । उसले ठेक्का तोड्ने जानकारी गराएपछि रसुवागढीले पनि १४ दिन भित्र काम सुरु नगरे ठेक्का तोडी नयाँ प्रक्रिया सुरु गर्ने भनेपछि ठेकेदार काममा फर्कन बाध्य भएको उनको भनाइ छ । 
“ठेक्का तोडिएको भए सीडब्ल्यूई कालोसूचीमा पर्ने र नेपालमा अन्य आयोजनामा काम गर्न नपाउनेसम्म अवस्था आउने थियो” उनले भने “पछि उ सम्हालिएर आयो र काम गर्न सहमति जनायो । हामी पनि सकरात्मक भयौं ।” 
वर्षातका कारण लगातार पहिरो र ढुङा खस्ने काम नरोकिएपछि सीडब्ल्यूईले सुरक्षाको कारण देखाउँदै साउन २६ देखि काम पूर्ण रुपमा बन्द गरेको थियो । साउनसम्म दैनिक ४ सय मजदुरले आयोजनाको काम गरिरहेकोमा पहिरो र ढुङा क्याम्प र आवासगृहमा खस्न थालेपछि साउन २६ देखि ठेकेदारले एकपक्षिय रुपमा काम बन्द गर्ने पत्र दिएपछि आयोजनाको काम ठप्प हुँदै आएको छ ।  
भूकम्प र नाकावन्दीले आयोजनाको काम १ वर्षभन्दा बढी ठप्प भएपछि यसको असर आयोजनामा परेको छ । आगामी भदौमा आयोजन सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को मध्यमा सम्पन्न हुने संभावना बढेको छ । यद्यपी आयोजनाले म्याद थप भने गरेको छैन । 
भूकम्प र नाकावन्दीले समय थप्न र नेपाली रुपैयाँ डलरसँग अवमूल्यन भएपछि आयोजनाको लागत १५ प्रतिशतससम्म बढ्ने सम्भावना  छ । भूकम्पले भएको क्षतिको पूर्ति बिमाले गर्ने भएपनि नाकावन्दीको असरको क्षतिपूर्ति आयोजनाले तिर्नुपर्ने छ । आयोजना सुरु हँुदा १ डलर बराबर ८० रुपैयाँ रहेकोमा अहिले नेपाली रुपैयाँ अवमूल्यन भएर १०७ पुगिसकेको छ । आयोजनाको काम ३० प्रतिशत सम्पन्न भएको छ ।  आयोजनाको कुल लागतको ७० प्रतिशत डलर र ३० प्रतिशत मात्र रुपैयाँमा भुक्तानी हुनेछ । 
निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयबासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ । प्रवद्र्धकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी सेयर संरचना तयार गरिएको छ । 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro