site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातौं राष्ट्रिय खेलकुदको सम्पर्क कार्यालयको उद्घाटन
काठमाडौं । सातौं राष्ट्रिय खेलकुद सचिवालयको सम्पर्क कार्यालयको बिहीबार उद्घाटन गरिएको छ । विराटनगरको वीरेन्द्र सभागृहमा सातौं राष्ट्रिय खेलकुद सचिवालयको कार्यालय स्थापना गरिएको हो । 
बिहीबार उद्घाटन गरिएको सम्पर्क कार्यालयको प्रमुखमा वरिष्ठ अधिकृत लवभक्त श्रेष्ठलाई तोकिएको छ । श्रेष्ठका अनुसार हाल कार्यालयमा ८ जना कर्मचारी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले कार्यालयको औपचारिक उद्घाटन गरे । सभागृहमै सदस्य–सचिव विष्टको कार्यकक्ष पनि व्यवस्था गरिएको छ ।
सम्पर्क कार्यालयले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद सम्बन्धी सम्पूर्ण कामको समन्वयकर्ताको भूमिका निर्वाह गर्ने श्रेष्ठले बताए । सातौंका लागि केन्द्रबाट हुने विभिन्न गतिविधि र निर्देशनका विषयमा सम्पर्क कार्यालयले सरोकारवाला निकायलाई जानकारी गराउनेलगायतका काम गर्नेछ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro