site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिथिला क्षेत्रमा छठ पर्व सुरु
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न बिधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु हुन लागेको हो । छठ पर्व सुरु भएसँगै गाउँनगर बस्तीमा छठी गीत गुञ्जिरहेका छन् । 
सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् । 
यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझ अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अघ्र्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । 
झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अघ्र्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिइने यो अघ्र्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ । 
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता रहेको मिथिला लोक संस्कृतिका जानकार बताउँछन् । 
यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा कसार र अन्य मिष्टान्न परिकार, नयाँ छ्याँची माटोको भाँडामा जमाइएको दही, उखुका लाँक्रा र मौसमअनुसारका फलपूmल सूर्यलाई अघ्र्य दिँदा देखाइने चलन छ । ‘भोरका अरख’ सम्पन्न भएसँगैं इष्टजनसँगै प्रसाद खाएर यो पर्व सम्पन्न गरिन्छ । 
मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढङ्गले सिङ्गारिएका देखिँदा छन् । जलाशय सजाउनुसँगै घरघरमा पर्वविशेषको तयारी र चर्चाले अहिले मिथिला क्षेत्र छठमय बनेको छ । रासस
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro