site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगीत साह्रै खर्चिलो हुँदैछ
Tiktok banner adTiktok banner ad
गायिका सुवानी मोक्तान संगीतसँगै सञ्चारकर्ममा व्यस्त छिन् । गीतसँगै काँचको पर्दामा पनि देखिने उनी केहीसमय पढाइलाई प्राथमिकताको सूचीमा राखेका कारण गीतमा पातलो उपस्थिति रह्यो । अहिले सुवानी फेरि संगीत साधनामा पुरानै गतीमा फर्किएकी छन् । उनै सुवानीसँग गरिएको छोटो कुराकानीः
केमा व्यस्त हुनुहुन्छ आजकाल ?
उही त हो, गीतसंगीतमै हो । एनएमसीमा पढाउँछु । विज्ञापनहरू गर्छु । यस्तै छ । 
दसैं स्पेसल गीत गर्दै हुनुहुन्छ कि छैन ?
यो सालको दसैंलाई लक्षित गरेर दसैं गीतको काम गरिरहेकी छु । भुपेन्द्र खड्काको शब्द र आफ्नै कम्पोजमा गीत तयार भइरहेको छ । 
सुरुवातका वर्षमा भन्दा कम चर्चामा हुनुहुन्छ, किन ? 
त्यस्तैजस्तो भइरहेको छ । 
किन ? 
मास्टर भर्खरै सकें । त्यो भएर पनि केही कम भएको हो । अहिले भने फेरि गीतको काम सुरु गरिसकेको छु । बीचमा टेलिभिजनमा समाचारमा पनि काम गरें । त्यही भएर पनि केही कम भए जस्तो लागेको हुनसक्छ । 
समाचार छोड्नुभयो तर फेरि अर्को टेलिभिजनमा कार्यक्रम सुरु गर्नुभयो । टेलिभिजनमा किन यति धेरै मोह ?
धेरै मेहनत गर्नु नपर्ने भएर होला सायद (हाहा...।) 
बुबाआमाका कारण सांगीतिक क्षेत्रमा कत्तिको सजिलो हुँदोरहेछ ?
पक्कै पनि सजिलो हुन्छ । स्टुडियोमा बुबाआमाको नाम लिँदा सजिलो हुन्छ । गीत रेकर्ड गर्न केही सस्तो पनि हुन्छ । 
कतिले बुबाआमाका कारण शीतल–सुवानीले अहिलेको चर्चा र सफलता प्राप्त गरेका हुन् भन्छन् । यस्तो सुन्दा कस्तो लाग्छ ?
केही हदसम्म त बुबाआमाको फिगरका कारण पनि सजिलो भयो, यसमा लजाउनुपर्ने कुनै कारण छैन । तर, अहिले हामी जहाँ छौं, त्यो हाम्रो मेहनत र परिश्रमको कारण हो । सुरुमै बुबाआमाले हाम्रो दुइटी छोरी छन् भन्नुहुन्थ्यो अन्तर्वार्ताहरुमा, त्यसैले सबैले हामीलाई चिन्थे । तर, फ्यान फलोइङ बनाउन त आफैंले मेहनत गर्नुपर्छ । त्यो हामीले गरेका पनि छौं । अब बुझ्दै नबुझी आलोचना गर्नेहरुलाई त के नै भन्न सकिन्छ र ।
कतिपय गायकगायिका चलचित्रमा पनि खेल्नुभएको छ । तपाईंलाई अफर आएको छैन ?
धेरैले भन्नुहुन्छ मेरो चलचित्रमा काम गर्नुपर्छ भनेर । तर, यत्तिकै भन्नुहुन्छ या साँच्चै त्यो भने मलाई पनि थाहा छैन । 
साँच्चै अफर आयो भने खेल्नुहुन्छ ? 
खेल्दिनँ । चलचित्रमा भने म अभिनय गर्दिनँ । आफ्नै गीतमा अभिनय गरे पनि चलचित्रमा भने कहिल्यै पनि गर्दिनँ ।
सांगीतिक क्षेत्रमा नआउनु भएको भए कुन क्षेत्रमा लाग्नुहुन्थ्यो होला ?
मेरो डिग्री बिजनेस एडमिष्ट्रेसनमा हो । त्यसैले म त्यही क्षेत्रमै काम गर्थें होला । 
गीतलाई व्यवसाय बनाएर नेपालमा जीवनयापन गर्न सकिन्छ कि सकिँदैन ?
ममात्रै होइन, मेरो साथीहरु पनि ‘जब’ गरिरहेका हुन्छन् । मेरो ब्यान्ड छ । हप्तामा तीन/चार पटक कुनै न कुनै कार्यक्रममा सहभागी भइरहेका हुन्छौं । मेरो मुख्य आयस्रोत नै गायन नै भइरहेको छ । राम्रो गर्न सक्यो भने गायन क्षेत्रमै लागेर जीवन यापन गर्न सकिन्छ । धेरैले गरिरहनु पनि भएको छ । मेरो बुबाआमा नै यसको प्रत्यक्ष उदाहरण हुनुहुन्छ ।
नेपाली गायन क्षेत्रका राम्रा र नराम्रा पक्ष केके हुन् ? 
राम्रो पक्ष भनेको हाम्रो संगीतमा विविधता छ । बच्चैदेखि राम्रो गाउनेहरु धेरै हुनुहुन्छ । यो सांगीतिक वातावरणको प्रभाव हो । नराम्रो पक्ष भनेको पैसासँग संगीत साटिनु हो । अहिले गीत धनीले मात्रै गाउने हो कि जस्तो हुन थालेको छ । एउटै गीत र भिडियो गर्न मोटो रकम खर्चिनुपर्ने भएको छ । यसले कला भएका तर पैसा नभएकाले गीत गाउन नसक्ने अवस्था आएको छ । यो अवस्था आउनु राम्रो होइन । 
रोयल्टीबारे केही भन्नुहुन्छ ?
पाउनुपर्ने हो भन्नुहुन्छ सबैले तर, आजसम्म मैले रोयल्टी पाएको छु जस्तो लाग्दैन । पाउनुपर्ने त हो । धेरै कलाकारहरु लागिरहनु भएको छ । तर, अझैसम्म पनि सन्तोषजनक उपलब्धि हात लाग्न सकेको छैन । आशा गरौं, राम्रो हुन्छ । रेडियो, टिभीबाट बजेटअनुसार रोयल्टी पाउने हो भने कलाकारलाई समस्या हुँदैन । 
नेपाली गीतलाई राम्रो बनाउन के गर्नुपर्छ ? 
स्रोताले राम्रो गीतमात्रै सुन्दिनुपर्छ । जस्तो गीत पनि सुन्ने र मन पराउने गर्नु हुँदैन । नराम्रो गीत पनि मन पराइदिएपछि त्यसलाई फलो गर्नेहरु बढ्छन् र यसकै बाहुल्य हुन्छ ।
तस्बिरः सुवानीको फेसबुकबाट    
 
 
 
 
 
    
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro