site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ए’ डिभिजनका ६ क्लबले पाएनन् प्रायोजक


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही असोज १३ गतेबाट गर्न लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भाग लिने क्लबमध्ये ६ वटाले अझै प्रायोजक पाएका छैनन् । पाँच वर्षपछि हुन लागेको लिगलाई एन्फाको वर्तमान कार्यसमितिले ‘वार्मअप लिग’ भनेको छ । ६ दशकको इतिहास बोकेको सहिद स्मारक लिगमा पहिलो पटक क्लबले घटुवा हुनुपर्ने छैन । रेलिगेसनमा नपर्ने भएकाले सहभागी क्लबहरुको तयारी पनि त्यति प्रभावकारी देखिएको छैन । 

एन्फाबाट पाउने २० लाख रुपैयाँमध्ये पहिलो किस्ताको ५ लाखबाट क्लबहरुले तयारी गरिरहेका छन् । काठमाडौंका ६ वटा क्लबहरुलाई काठमाडौं महानगरपालिकाले पनि ९ लाख ३० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको छ । 

महिनौं चल्ने लिगमा क्लबहरुलाई खेलाडी राख्न सजिलो छैन राम्रो आर्थिक स्रोत नहुने हो भने । अहिलेको लिगमा सहभागी १४ मध्ये ६ क्लब अझै प्रायोजकविहीन छन् । केही ठूला क्लबहरुले खेलाडी अनुबन्धन गरेर तयारी गरे पनि फुटबलका गतिविधिमा सधैं सक्रिय नहुने क्लब भने आर्थिक समस्यामा छन् । 

प्रायोजक पाएका क्लब

मनाङ मस्र्याङ्दी
सबैभन्दा बढी ७ पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मनाङ मस्र्याङ्दी क्लबलाई सिग्नेचर ह्विस्कीले प्रायोजन गरेको छ । यसअघि लक्ष्मी हुन्डाईको साथ पाएको थियो मनाङले । लिगमा मनाङ सिग्नेचरको लोगोसहितको जर्सीमा मैदान उत्रनेछ । यसअघि लक्ष्मी हुन्डाईसँग लिग भए २० लाख तथा नभए १० लाख रुपैयाँको सम्झौता गरेको मनाङले सिग्नेचरसँग केही दिनमा त्योभन्दा बढी रकममा सम्झौता गर्ने मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङले जनाए । 

थ्री स्टार
चार पटकको लिग विजेता थ्री स्टार क्लबले रुस्लान भोड्काको साथ पाएको छ । थ्री स्टारलाई रुस्लानले पहिल्यैदेखि प्रायोजन गर्दै आएको थियो । रुस्लानले यस लिगमा पनि निरन्तरता दिएको हो । थ्री स्टारले सातोदोबाटोस्थित चर्च ग्राउन्डमा प्रशिक्षण गरिरहेको छ ।

त्रिभुवन आर्मी 
विभागीय क्लब त्रिभुवन आर्मीलाई पल्सरले प्रायोजन गरेको छ । यसअघिको सम्झौताअनुसार पल्सरले आर्मीलाई निरन्तरता दिएको हो । पल्सर अहिले लिगको पनि मुख्य प्रायोजक हो । राष्ट्रिय टोलीका भरपर्दा खेलाडी भरत खवास, नवयुग श्रेष्ठ र सुमन अर्यालजस्ता खेलाडी सम्मिलित आर्मीले २०१४ सालमा चौथो संस्करणको लिग जितेको थियो ।

एपिएफ
विभागीय क्लब एपिएफलाई अग्नि इन्कर्पोरेट प्रालिले प्रायोजन गरेको छ । लिगका लागि अग्नि इन्कर्पोरेटको महिन्द्राले एपिएफसँगको सम्झौता नवीकरण गरेको हो । प्रत्येक वर्ष ४० लाख दिनेगरी ५ वर्षका लागि अग्नि इन्कर्पोरेट र एपिएफबीच सम्झौता नवीकरण भएको हो । राजेन्द्र तामाङलाई प्रशिक्षणको जिम्मेवारी दिएर एपिएफले नियमितबाहेक लिगलाई प्राथमिकतामा राखेर अभ्यास गरिरहेको छ ।

संकटा 
यसअघिकै प्रायोजक सिएमजी गुप्रले संकटासँग लिगका लागि पनि सम्झौता नवीकरण गरेको छ । एन्फाका महासचिवसमेत रहेका इन्द्रमान तुलाधारको क्लब संकटाले उपाधि जित्ने लक्ष्य राखेको छ । संकटाले यसअघि २०४०, ०४२ र ०३७ गरी तीनपटक लिगको उपाधि जितिसकेको छ । 

फ्रेन्ड्स
फ्रेन्ड्स क्लबलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रायोजन गरेको छ । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ । 

क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी दिए । दुबै सम्भौता ‘ए’ डिभिजन लिगको अवधिभरका लागि कायम हुनेछ । यसअघि समेत बैंकले क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गर्दै आएको थियो । करीब चार चार वर्ष लिग रोकिएपछि दुबैको सहमतिमा सम्झौता स्थगित गरिएको थियो । 

च्यासल युवा क्लब
च्यासल युवा क्लबलाई माइभ्याली कन्स्ट्रक्सनले मुख्य प्रायोजन गरेको छ । यस्तै सम्झना ल्याब्रोटरीले सहप्रायोजन गरेको छ । 

जावलाखेल युवा क्लब
जावलाखेललाई जावलाखेल गुप्र अफ इन्डस्ट्रीजले प्रायोजन गरेको छ । 

प्रायोजन नपाएका क्लब

सरस्वती युवा क्लब 
सरस्वती युवा क्लब प्रायोजकको खोजीमा छ । एमटिभीसँग सहप्रायोजन गरेको सरस्वतीले लिगका लागि प्रायोजक खोजिरहेको जानकारी दिएको छ । 

मच्छिन्द्रा क्लब
फुटबलका गतिविधिमा खासै सहभागी नहुने मच्छिन्द्राले हालसम्म प्रायोजन पाएको छैन । केही व्यावसायिक घरानासँग कुरा भइरहेको र केही दिनमै सम्झौता हुने क्लबका अध्यक्ष प्रबोध कंसाकारले बताए । 

ब्रिगेड ब्वाइज क्लब 
मोफसलका प्रतियोगितामा खासै चासो नराख्ने ब्रिगेड ब्वाइजले पनि प्रायोजक पाएको छैन । क्लबले लिगको तयारीका लागि एन्फाले दिएको २० लाख रुपैयाँले तयारी गरिरहेको छ । 

हिमालय शेर्पा क्लब
एन्फाका अध्यक्षसमेत कर्माछिरिङ शेर्पाको हिमालय शेर्पा क्लबले पनि प्रायोजक पाएको छैन । प्रायोजक खोजिरहेको र केही दिनमा कुनै एक कम्पनीसँग सम्झौता हुने क्लबका एक प्रतिनिधीले बताए ।  

न्युरोड टिम (एनआरटी) 
काठमाडौंको एनआरटी प्रायोजक खोज्ने मनसायमा छैन । महानगरको सहयोग र एन्फाले तयारीका लागि दिएको रकमबाट क्लबले तयारी गरिरहेको छ । आर्थिक समस्या खासै नरहेकाले प्रायोजकको खोजीमा नभौतारिएको एनआरटीको भनाइ छ । चार पटक उपाधि जित्दै एनआरटीले लिगमा राम्रो प्रभाव छाडिसकेको छ । 

नेपाल पुलिस क्लब
लिगमा एकछत्र राज गरेको विभागीय क्लब पुलिस पनि प्रायोजकविहीन छ । नेपाल टेलिकमसँगको सम्झौता सकिएपछि पुलिस क्लबले नवीकरणका लागि प्रक्रिया अघि बढाएको भए पनि सम्झैता हुन सकेको छैन । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro