site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमानस्थल आसपास चंगा उडाउन प्रतिबन्ध, कोरियन एयरको जहाज धागोसहित कोरिया पुग्यो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जहाज उडान तथा अवतरणमा गम्भीर असर पर्नेसक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थल आसपास चंगा उडाउन प्रतिबन्ध लगाएको छ ।  मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरी विमानस्थल आसपास चंगा उडाउन निषेध गरिएको र उडाएको पाइए प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्ने जनाएको छ । 

“त्रिभुवन विमानस्थलको दक्षिणी भाग (कोटेश्वर) तर्फ धेरै नै चंगा उडाउने गरेको भेटिएको छ । यसबाट साना तथा ठूला जहाज उडान–अवतरण गर्दा गम्भीर समस्या उत्पन्न हुने गरेको छ,” प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बाह्रखरीसँग भने, “त्यही भएर सूचना जारी गरेका हौं ।”

चंगाकै कारण जहाज दुर्घटनामा परेको रेकर्ड नभए पनि एउटा अनौठो घटना भने भएको उनले बताए । तीन वर्षअघि त्रिभुवन विमानस्थलबाट उडेको दक्षिण कोरियाको सरकारी वायुसेवा कम्पनी कोरियन एयरको जहाज कोटेश्वरमाथि पुग्नासाथ उडिरहेको चंगाको धागोमा परेको थियो । त्यो जहाज धागोसहित कोरियामा अवतरण गरेको उनले जानकारी दिए ।

“चंगा जहाजको इन्जिनमा प¥यो भने आगलागी भएर गम्भीर दुर्घटना हुनसक्छ,” उपमहानिर्देशक पोखरेलले भने, “उडान सुरक्षामा गम्भीर असर पर्ने भएका कारण विमानस्थल वरिपरि चंगा उडाउन निषेध गरेका हौं ।”

त्रिभुवन विमानस्थलमा हाल दैनिक ३ सयहाराहारी आन्तरिक तथा ८० हाराहारी अनतर्र्राष्ट्रिय उडान–अवतरण हुने गरेको छ । विमानस्थल धावनमार्गको ‘जिरो टु’ (दक्षिण कोटेश्वर) बाट अधिकांश आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण हुने गरेको छ भने केही उडान–अवतरण ‘टु जिरो’ (उत्तर बौद्ध) बाट हुने गरेको छ । 

“त्रिभुवन विमानस्थललगायत मुलुकका अन्य आन्तरिक विमानस्थलमा उडान–अवतरणका बेला विमानस्थल आसपास चंगा उडाइरहेको सूचना प्राप्त भएकाले प्राधिकरणका गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कार्यबाट उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि तथा क्रियाकलाप नगर्न–नगराउन अनुरोध छ,” प्राधिकरणले जारी गरेको सूचनामा छ, “कसैले यो सूचनाको अवज्ञा वा अटेर गरी विमानस्थल आसपास चंगा उडाएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro