site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फिफा फुटबल कन्फ्रेन्स’मा सहभागिताबारे एन्फामा असन्तुष्टि

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले रुस विश्वकपबारे समीक्षा गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ‘फिफा फुटबल कन्फ्रेन्स’मा नेपालबाट ३ जना सहभागी भएका छन् । प्राविधिक विषयमा छलफल गर्न फिफाले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको हो । प्राविधिक विषयको छलफलमा फिफामा आबद्ध २ सय देशका मुख्य प्रशिक्षक र टेक्निकल डाइरेक्टर सहभागी भएका छन् । 

नेपालबाट भने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा दुई उपाध्यक्ष उपेन्द्रमान सिंह र कृष्ण थापासहित लण्डन पुगेका छन् । मुख्य प्रशिक्षक र टेक्निकल डाइरेक्टरलाई पठाउनुपर्नेमा एन्फा अध्यक्ष शेर्पा आफैं टोलीको नेतृत्व गर्दै लण्डन पुगेका हुन् । हाल बालगोपाल महर्जन नेपाली राष्ट्रिय टोलीमा कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । उनको प्रशिक्षणमा नेपालले हालै बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । मुख्य प्रशिक्षकको स्थानमा एन्फाले बालगोपाल महर्जनलाई पठाउनु पर्ने थियो ।

“अध्यक्षसहितको यो भ्रमण गलत हो । टेक्निकल विषय त्यसैसँग जोडिएको व्यक्तिले बुझ्छ, त्यसैले टेक्निकल व्यक्तिलाई पठाउनु पर्ने हो । मुख्य प्रशिक्षक नभए पनि अन्तरिम मुख्य प्रशिक्षकका रुपमा बालगोपाल महर्जनले काम गरिरहेका छन् । टेक्निकल डाइरेक्टरमा जापानी ताकेता छन् । एन्फाले उनलाई पनि उक्त कार्यक्रममा सहभागी गराएन,” एन्फाका एक उच्च पदाधिकारीले असन्तुष्टि पोेखे । 

एन्फाका प्रवक्ता किरण राईले भने अध्यक्ष र उपाध्यक्षको विदेश भ्रमणको बचाउ गरेका छन् उनले भने, “फिफाले टेक्निकल व्यक्तिलाई मात्र तोकेर बोलाएको होइन । अर्वार्डसँगै अन्तरक्रिया कार्यक्रमका लागि निमन्त्रणा पठाउँदा उहाँहरु जानुभएको हो । टेक्निकल कमिटीमा रहेका दुई उपाध्यक्ष पनि जानुभएको छ । अन्यलाई उपेक्षा गरेर पठाइएको होइन ।”

प्रवक्ताले नेतृत्वको बचाउ प्रयास गरे पनि यो विषयलाई लिएर एन्फाभित्र अहिले एक पक्ष असन्तुष्ट बनेको छ । “पहिला हामीले चुनावअघिसम्म ‘राइट म्यान राइट प्लेस’ को कुरालाई प्राथमिकताका साथ उठाएका थियौं । तर अहिले स्वयं अध्यक्ष र उपाध्यक्षहरुले यस्तो गरेपछि फुटबल परिवारमा मुख देखाउन पनि गाह्रो भएको छ,” एन्फाका जिम्मेवार एक पदाधिकारीले बाह्रखरीसँग भने ।

फिफाले २१ आैं संस्करणको विश्वकपमा भएका प्राविधिक विषयमा छलफल गर्न २ सय देशका मुख्य प्रशिक्षक र टेक्निकल डाइरेक्टरलाई बोलाएको हो । प्राविधिक विषयबारे छलफल गर्न आयोजित कार्यक्रमको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उद्घाटन गरेका छन् । कार्यक्रममा रुस विश्वकपबारे फिफाको टेक्निकल अध्ययन गुप्रले प्रमुख तथ्यांकसहित टेक्नोलोजी र सामूहिक मूल्यांकन पेश गर्ने कार्यक्रम छ । 

साथै विश्वकप विजेता फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले आफ्नो विश्वकप अनुभव सुनाउने छन् । कार्यक्रममा प्रशिक्षण पद्धति, रूस विश्वकपबाट सिक्ने पाठहरू र भिडियो सहायक रेफ्रीको प्रयोगबारे छलफल हुने बताइएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro