site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलिउडको गीतको बजेटले नेपालमा सिनेमा बन्छ
Tiktok banner adTiktok banner ad
मिस नेपाल हुँदै सेतो पर्दाको यात्रा तय गरेकी मलिना जोशी यति बेला नेपाली रजतपटमा सक्रिय छिन् । पाँच वटा चलचित्रमा अभिनय गरिसकेकी उनी अहिले ‘रानी’को सुटिङमा व्यस्त छिन् । ‘झुम्की’मा समेत अभिनय गरेकी उनका अधिकांश चलचित्र रिलिज डेट लिएर बसेका छन् । मिस नेपाल हुँदासमेत सिनेमाको सपना नदेखी मलिनासँग बाह्रखरीले गरेको कुराकानीः    
अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म चलचित्र ‘रानी’ को छायांकनमा छु । 
अहिलेसम्म कति वटा चलचित्रमा अभिनय गरिसक्नु भयो ? 
पाँच वटामा अभिनय गरिसकें । अहिले सुटिङ गर्दै गरेको ‘रानी’ मेरो छैटौं चलचित्र हो । तर, अहिलेसम्म एउटा मात्रै रिलिज भएको छ ।
‘झुम्की’ मा पनि हुनुहुन्छ । कस्तो भूमिका छ तपाइँको ? 
थारु समुदायको विषयलाई तत्तकालीन द्वन्द्वको समयको अवस्था नै मुख्य विषय छ । यसमा मैले थारु केटी ‘झुम्की’ को भूमिका निर्वाह गरेकी छु । यो भन्दा धेरै त अब भन्न पनि मिल्दैन होला ।  
तपाइँले खेलका मध्ये सबैभन्दा राम्रो चलचित्र कुन हो ? 
यो वा त्यो नै भन्ने छैन । सबै राम्रो लाग्छ । ऋतु पहिलो चलचित्र भएकाले त्यो स्पेशल हो । ‘झुम्की’मा थारु केटीको भूमिकामा भएकाले थारु भाषामै बोल्नु पर्ने भएको च्यालेन्जिङ थियो । तर, पनि राम्रोसँग काम भएको छ । ‘द विनर’ पनि नोभेम्बरमा रिलिज हुँदैछ । यो पनि आशा गरिएको चलचित्र हो । ‘सरंक्षण’ र ‘लीला’ पनि राम्रा छन् । ‘रानी’ पनि राम्रो हुनेछ भन्ने अपेक्षा गरेकी छु । ‘सरंक्षण’ मधेसीहरुको बारेमा छ । यो हाई अपेक्षा गरेको चलचित्र हो । यसमा स्टार कास्ट निकै राम्रो छ । ‘द विनर’ ग्याङ स्टारहरुको बारेमा छ । मैले अभिनय गरेका सबै चलचित्र भिन्न भिन्न जन्राका छन् त्यसैले सबै राम्रो लाग्छ ।  
मिस नेपाल हुनेहरु किन नायिका बन्नतर्फ आकर्षित हुनुहुन्छ ?
धेरै हुनुहुन्न । हामी २० जना छौं मिस नेपाल । यसमा तीन जना हुनुहुन्छ चलचित्रमा काम गरिरहेका । अरु कोही विज्ञापनमा, कोही म्युजिक भिडियोतिर मात्रै हुनुहुन्छ ।
कुनै न कुनै रुपमा ग्ल्यामर क्षेत्रमै आबद्ध हुनुको कारण ?
मिस नेपाल र चलचित्र उद्योग दुवै ग्ल्यामरसँग सम्बन्धित भएर पनि हो । सिनेमा भने पनि मिस नेपाल भने पनि दुबै ग्ल्यामर फिल्ड हो । अरुलाई नायिका हुन कति धेरै संघर्ष गर्नुपर्छ तर हामीलाई मिस नेपालको टाइटल जितिसकेपछि पहिचान पाएर पनि होला त्यो संघर्ष नै गर्नु पर्दैन । धेरै अफर आउँछन् । त्यसमा काम गर्न मन लाग्नेले आफूले गर्न सक्ने गर्नुहुन्छ ।  
चलचित्रमा अभिनय गर्नेहरुका लागि मिस नेपाल प्लेटफर्म सरह हो ?
मिस नेपाल प्लेटफर्म भन्दा पनि जसले जति सुकै राम्रो अभिनय गरे पनि सुन्दर रुप पनि चाहिन्छ । यो नायिका हुनका लागि आवश्यक विभिन्न मापदन्ड मध्येका एक हो । मिस नेपालमा यो हुन्छ । अर्को पहिचान पनि हो । मिस नेपालको टाइटल जित्न बित्तिकै उसको आफ्नै खालको पहिचान बनिसकेको हुन्छ । यसले गर्दा पनि सजिलो हुन्छ । मिस नेपालले पनि एउटा राम्रो प्रोजेक्ट गर्नसक्यो भने उसलाई पनि प्ल्स पोइन्ट हुन्छ । यी दुबै कुरा सँगसँगै जाने कुरा हुन् । 
मिस नेपालको जिम्मेवारी र सिनेमामा दिएको क्यारटर निभाउन कुन अफ्ठ्यारो हुँदोरहेछ ?
यि दुबै पक्ष फरक हुन् । मिस नेपाल भएपछि उसमा सामाजिक जिम्मेवारीहरु बढी हुन्छन् भने चलचित्रमा क्यामेरा अगाडि उभिएपछि उसको फरक फरक भूमिका हुनसक्छ । म नर्मल विद्यार्थी हुँदा मिस नेपाल हुँदा त्यहाँ एड्जस हुँदै जिम्मेवारी निभाउन सुरुसुरुमा गाह्रो नै भएको थियो । पछि सिनेमा उद्योगमा पनि फरक खालको अनुभव भएको थियो । बिस्तारै सबै सहज हुँदै गयो । चलचित्रमा धेरै मेहनत गर्नु पर्छ, धेरै समय दिनुपर्छ । 
सिनेमामा काम गर्ने यहाँको पहिले देखि कै इच्छा हो कि पछि मिस नेपाल भएपछि यसतर्फ आकर्षण बढेको हो ? 
होइन । सुरुमा सिनेमामा आउने लक्ष्य थिएन । समयक्रम सँगै यो क्षेत्रमा आइपुगें । सानै छँदा देखिको योजना होइन । 
हिन्दी, अंग्रेजी, कोरियन र इरानी चलचित्र र नेपाली चलचित्र हेर्दा हाम्रो चलचित्रको कमजोरी के हो जस्तो लाग्छ ?
हामीले धेरै विषयमा कम्प्रमाइज गरिरहेका छौं । हिन्दी सिनेमाको एउटा गीतको बजेटले हाम्रो चलचित्र बन्छ । तर, त्यही चलचित्रसँग हाम्रो नेपाली चलचित्र तुलना गरिरहेका छौं । सय करोडभन्दा माथी लगानीमा बन्ने हिन्दी चलचित्र र हाम्रो करोडका छेउमा बन्ने चलचित्रबीच तुलना गर्न मिल्दैन । धुमले नेपालबाट ६ करोड लग्यो भनेर नेपालमा पनि बजार त रछ त भनेर भन्यौं हामीले तर त्यसको मेकिङमा लागेको लागेको खर्चबारे हामी सोच्दैनौं । 
हाम्रा चलचित्रले विदेशमा बजार किन बनाउन सकेनन् ? 
पहिला त ठूलो बजेटमा चलचित्र बन्नु पर्छ । अर्को विदेशमा पनि धेरै चलचित्र लागिरहेका हुन्छन् टिकट कटाउनै गाह्रो हुन्छ । धेरै कार्यक्रमहरु भइरहेका हुन्छन् । सबैले काम गर्नुपर्छ फुर्सद हुँदैन त्यसैले गाह्रो छ बाहिरको बजार खोज्न पनि । हामी अहिलेकै बजेटमा पनि राम्रो चलचित्र बनाउन सक्छौं । स्टुपिड दर्शक बनेर हेल्चेक्राँइ गर्नु हुँदैन । कस्तो चलचित्र छ भनेर दर्शक मूल्यांकन गर्न सक्ने स्मार्ट भइसकेका छन् । 
के भयो भने राम्रो चलचित्र बन्छ ?
चलचित्र आफैमा होल युनिटको आउटपुट हो । कलाकार, निर्माता, निर्देशक, छांयाकार, प्राविधिक, मेकअप मेन, इडिटर सबैले राम्रो काम गर्यो भने राम्रो नतिजा आउने हो । यसमध्ये मुख्य भूमिका निर्देशकको हुन्छ । होल युनिटलाई आआफ्नो ठाउँमा राखेर सुन्दर चलचित्र बनाउन निर्देशकले मात्रै सक्छ जस्तो लाग्छ । र, अर्को कुरा हामीसँग भएको राम्रो एक्टर पनि लिन सकिरहेका छैनौं । किन नलिएको भन्दा ‘रेट’ बढी भएर भन्ने सुनिन्छ । पर्याप्त बजेट भयो भने पनि राम्रो सिनेमा बन्छ ।  
पाठक र दर्शकलाई के भन्न चाहनुहन्छ ?  
म नेपाली चलचित्र नै हेर्नुस् भनेर फोर्स गर्दिन् । राम्रो लागेको चलचित्र हेर्नुहोस भन्ने आग्ह गर्छु । पछिल्लो समय नेपालमा सानै बजेटमा पनि राम्रो चलचित्र बन्न थालेका छन् । राम्रो चलचित्र भने हेरौं भन्न चहान्छु ।  
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro