site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिन्दी र अंग्रेजी सिनेमा हेरेर नेपाली सिनेमासँग तुलना गर्छौं
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
नेपाली रजतपटमा ऋषि लामिछाने परिचित नाम हो । उनी आफूले निर्देशन गरेका एकाध चलचित्रलाई छोडेर अधिकांश चलचित्र दर्शकले रुचाएको बताउँछन् । नेपाली चलचित्र राम्रो नबन्नुको कारण न्यून लगानी रहेको बताउने लामिछानेले निर्देशन गरेको पछिल्लो चलचित्र ‘किस्मत–२’ यही असोज २१ गेतबाट रिलिज हुँदैछ । ‘किस्मत–२’ सँगै समग्र नेपाली चलचित्रका विषयमा केन्द्रित रहेर लामिछानेसँग बाह्रखरीले गरेको कुराकानीः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
असोग २१ गते ‘किस्मत–२’ रिलिज हुँदैछ । त्यसकै काम गरिरहेको छु । त्यसबाट बचेको केही समय ‘किस्मत–२’ प्रदर्शनमा आइसकेपछि बन्न लागेको ओम किरण राईको ‘उजेली’ निर्देशन गर्र्दैछु, त्यसलाई दिइरहेको छु । ‘उजेली’ सकिएपछि प्रदिपकुमार उदयको चलचित्र निर्देशन गर्दैछु । त्यसलाई पनि केही समय दिइरहेको छु । 
‘किस्मत–२’ कस्तो चलचित्र हो ? 
भाग्यको कथा हो । परिवारको कथा हो । जीवनको कथा हो । तपाईं हामी सबैको किस्मतको कथा हो । किस्मत मान्छे जन्मिएपछि छैटीको दिन भावीले लेख्छ रे । किस्मत लेखिए अनुसार जीवन चल्छ ? अथवा भावीले लेखेको भन्दा फरक बनाउन सकिन्छ ? किस्मत लेख्ने आफैंले हो । हाम्रो कर्मले हो । व्यवहार, मेहनत र धर्मले केले लेख्ने हो ? संसार हेर्ने मन र तनको आँखा र जीवन जन्मेदेखि मर्ने बेलासम्मका मान्छेको जीवनको घटनाक्रम नै ‘किस्मत–२’ को कथा हो । 
असोज २१ पछि ‘किस्मत–२’ ले तपाईँको किस्मतचाहिँ कस्तो कोर्ला ? 
मैले जति जानेको छु त्यति गरेको छु । नेपालको वर्तमान अवस्थामा कति गर्न सकिन्छ, त्यति गरेको छु । मैले जति सिकेको छु, त्यही ज्ञान र सीप प्रयोग गरेर चलचित्र बनाएको छु । उपलब्ध स्रोत र साधनभित्र रहेर चलचित्र बनेको छ । अवश्य पनि केही कम्प्रमाइज गरेको हुँला, केही त्रुटि भएका होलान् तर त्यसभित्र पनि केही राम्रा र सवल पक्ष छन् । समग्रमा चलचित्र राम्रो बनेको छ । हिजो गरेका गल्तिहरू दोहोरिएका छैनन् । मैले यसअघि बनाएका चलचित्र भन्दा यो चलचित्र राम्रो बनेको छ । ‘किस्मत–२’ दर्शकले प्रतीक्षा गरेको चलचित्र हो । 
कम्प्रमाइज भनेको कस्तो खालको ?
नेपालमा एउटा वर्ग छ, जसले हिन्दी र अंगे्रजी सिनेमा हेरेर नेपाली सिनेमासँग तुलना गर्छ । यो तुलना निर्देशक, निर्मातादेखि दर्शकससम्मले गर्छन् । यही नै हाम्रो गल्ति हो । त्यो चिज अपेक्षा गरेर पाइँदैन । यहाँ बजेट कम छ । बजार सानो छ । मेकिङका प्रविधिहरू कमजोर छन् । त्यसकारण हामीले कतै न कतै कम्प्रमाइज गरिरहेका हुन्छौं । सबैभन्दा ठूलो कुरा पैसा छैन । पैसा नभएपछि चाहेजति समय खर्चिन सकिँदैन । मैले परिकल्पना गरेको चिज पर्दामा निकाल्न सक्ने कि नसक्ने भन्ने प्रश्न उठ्छ । त्यसपछि म त्यसमा कम्प्रमाइज गर्न थाल्छु । यसरी सिनेमाको परिकल्पना गर्दादेखि नै निर्देशकहरू कम्प्रमाइज गर्न थाल्छन् । एकाध सिनेमा भने राम्रै लगानी भएको छ । 
निर्देशकले भनेअनुसार निर्माताले लगानी गर्ने हो भने हिन्दी सिनेमासँग तुलना गर्न योग्न नेपाली सिनेमा बन्छन् ? 
अवश्य पनि बन्छन् । निर्देशक, कलाकार, प्राविधिक कोहीसँग पनि हिन्दी सुपरस्टारमा भन्दा कम क्षमता छैन । पैसा लगानी गर्ने निर्माता पनि छन् तर मार्केट सानो भएका कारण लगानी गर्ने अवस्था छैन । लगानी गर्न डराउनुपर्ने बजार छ । हामीसँग त्यस्ता कलाकार पनि छन् जो हिन्दी सिनेमाका स्टारभन्दा कम छैनन् । तर, हामी अभावै अभावमा काम गरिरहेका छौं । सिमित स्रोतसाधनका काम गरिरहेका छौं, त्यसैले पछि परिरहेका छौं । जिविको पार्जनका लागि हतार हतारमा काम गरिरहेका छौं । समय, बजेट र प्रविधिको अभावमा काम गरिरहेकाले भनेजस्तो चलचित्र बन्न÷बनाउन नसकिएको हो । तर, निर्देशक, कलाकार, स्क्रिप्ट राइटरलाई राम्रो पै्रसा दिनुस् राम्रो आउटपुट आउँछ । अब अन्तर्राष्ट्रिय बजार खोज्नुपर्छ । 
अन्तर्राष्ट्रिय बजार कस्ले खोजिदिने हो कि आफैं खोज्ने हो ? 
हाम्रो मेकिङमा पनि कतै न कतै कमजोरी छ । अर्को कुरा, कसले पहल गरिदिने ? अहिलेसम्म व्यक्तिगत पहलका आधारमा जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत वा अन्य खाडी राष्ट्रमा नेपाली चलचित्र निर्माता तथा निर्देशकले चलाइरहेका छन् । चलचित्रको विकासका लागि सरकारले पहल गरेका छैन । नीति नै बनाएर सरकार अगाडि आउनुपर्छ । 
त्यसो भए चलचित्रलाई सरकारले वेवास्ता गरिरहेको छ ? 
साउथ इन्डियामा मौलिक विषयवस्तुअनुसार बनेका र त्यहाँका सुपरस्टारले अभिनय गरेका केही सिनेमा लाग्दा सरकारले त्यहाँ सार्वजनिक विदा नै दिन्छ । तर, नेपालमा नेपाली पन, नेपाली माटो, नेपाली कला साहित्य बोकेका चलचित्रलाई सरकारले हेर्ने दृष्टिकोण के हो ? यस्ता चलचित्रलाई सरकारले अनुदान वा सहयोग गर्नुपर्दैन ? यसमा सरकारले अझैसम्म पनि ध्यान दिएको छैन । 
सरकारले त गरेन, तर तपाईँहरूका यति धेरै संघसंगठन छन् के गर्नु भयो ? 
हामीमा पनि कमजोरी छ । म त यसबारे खुलेर भन्दै आएको छु । हामी नेपाली नेपाली छैनौं । हामी नेपाली कोही एमाले, कोही कांगे्रस, कोही, माओवादी, कोही राप्रपा छौं । र, यो पार्टीको रोग नेपाली चलचित्र उद्योगलाई पनि लागेको छ । हामी निर्देशक निर्देशक भन्दा पहिला कुने राजनीतिक दलका कार्यकर्ता छौं । कलाकार कलाकार भन्दा धेरै राजनीतिक दलका कार्यकर्ता छौं । राजनीति गर्छौं । यो बाट माथि नउठेसम्म कुनै पनि व्यक्ति र संघसंगठनबाट काम हुँदैन । कलाकारको धर्म बिर्सिएर हिँडिरहने हो भने नेपाली चलचित्र उद्योगको श्रीवृद्धि हुँदैन । 
त्यसो भए चलचित्र उद्योग आफैं पनि व्यावसायिक हुन सकेन ? 
सकेन । शुद्ध चलचित्रकर्मी निकै कम छन् । सरकारी नीति पनि छैन । नराम्रोलाई अंकुश लगाएर राम्रो चलचित्रलाई सहयोग गर्ने नीति नियम छैन । विदेशको बजार लिन सकेनौं । सरकारी र व्यक्तिगत रूपमा पनि त्यो पहलमा लागेका छैनौं । चलचित्र विकास बोर्डले गर्न खोजिरहेको छ । आशा गरौं, राम्रो होला । 
अन्तर्राष्ट्रिय बजार खोजी गर्न सरकारले के गर्नुपर्यो ? 
मैले कतै पढेको थिएँ– पाकिस्तानमा सरकारले १० जना निर्देशकलाई अमेरिका सिनेमा पढ्न पठाएर उनीहरूलाई स्वेदश नै फिर्ता बोलाएर १०÷१० करोड दिएर चलचित्र बनाउन लगायो । ति दशवटै चलचित्र हिट भए । ती चलचित्रले देशको चलचित्र उद्योग नै कायापलट गरिदियो । त्यस्तै लगानी नेपाल सरकारले गर्न सक्छ चाह्यो भने तर सरकार उदासिन छ । 
पछिल्लो समय दर्शक फरक धारका चलचित्रतर्फ आकर्षित भएका छन्, तपाईँ भने पुरानै धारका चलचित्र बनाइरहनु भएको छ । दर्शकको चाहनालाई किन नजरअन्दाज गर्नुभएको ?
पहिलो कुरा म नयाँ र पुरानो धार भन्नेमा विश्वास गर्दिनँ । चलचित्र दुई खालका हुन्छन्, एउटा राम्रो र अर्को नराम्रो । 
मैले नौ वटा सिनेमा निर्देशन गरेँ । दुईटा चलेनन्, सात वटा हिट भए । त्यसमा पनि ५ वटा सुपरहिट भए । यसको मतलब राम्रो चलचित्र बन्यो भने चल्छ भन्ने हो । 
कथा एउटै अथवा उस्तै होला । तर त्यसको प्रस्तिुतिकरण भने फरक हुन सक्छ । तपाईंले र मैले एउटै कथालाई भन्ने शैली फरक हुन सक्छ तर, एउटै हुनुपर्छ भन्ने छैन । तपाईँले जुन लुगा लगाउनु हुन्छ, त्यही लुगा मैले तपाईले नै लगाए जसरी मैले पनि लगाउनु पर्छ भन्ने छैन । तरिका आआफ्नै हुनुसक्छ । तपाईंले भनेअनुसार दुवै धार नयाँ र पुरानै ढर्राका सिनेमा नेपालमा चलेका छन् । पब्लिसिटीको तरिकाले कहिले नराम्रा सिनेमा पनि चल्छन् र कहिलेकाहीँ राम्रा सिनेमा पनि चल्दैनन् । 
हामीसँग यति धेरै मौलिक विषय र भर्जिन लोकेसन छन् । तर, पनि अझै हिन्दी सिनेमाबाट किन प्रभावित भइरहेका छौं ? 
मलाई त्यस्तो लाग्दैन । कुन सिनेमा हिन्दीबाट प्रभावित भएको छ ? प्रभावितै हुनु नराम्रो पनि होइन ,तर कपी भने गर्नु हुन्दैन । त्यस्तो छ जस्तो मलाई लाग्दैन । 
कति स्क्रिप्ट राइटरले निर्माता निर्देशकहरू हिन्दी र अंग्रेजी सिनेमाका सीडी ल्याएर यसलाई चोरचार बनाएर लेखिदेउ भनेर सार्वजनिक रूपमै भन्दैआएको सुन्नुभएको छैन ? 
त्यसो भए उहाँहरूले नगरे भइगयो नि । किन गरिरहनु भएको छ ? ऋषि लामिछानेले फलानो सिनेमा कपि पेस्ट गर्नुस् भन्छु भने नगरे भइगयो नि । यो आरोपमा सत्यता छैन । अरुलाई आरोप लगाएर आफू ठूलो देखिने तरिकामात्रै हो ।
भर्जिन लोकेशनको कुरा गर्दा म मेरो चौथो चलचित्रमा खप्तड जाने योजनामा थिएँ । ममात्रै होइन, सबै निर्देशक जान खोज्छन् । एउटा गीत मात्रै भए पनि खिच्न चहान्छन् । तर, पैसाको अभावले त्यो गर्न सकिँदैन । मान्छे मात्रै गएर भएन । इक्युपमेन्ट पनि चाहियो, त्यसैले यो सम्भव हुँदैन । बजार प्रवद्र्धन नभएसम्म यो असम्भवजस्तै छ । ‘किस्मत–२’ हामीले जोमसोममा खिचेका छौं । हिमालको छेउमा गएर चौंरीका बथानसँगै खिचेका छौं । सम्भव भएसम्म गर्ने हो, बजेटले भ्याएसम्म गर्ने त हो । 
हामीले हाम्रो बजेट भित्र बसेर बनाउन सक्ने जति राम्रो सिनेमा बनाएका छौं कि छैनौं ? 
अधिकांश सिनेम राम्रा बनेका छैनन् । केही मात्रै राम्रो बनेका छन् । सयौं सिनेमा बनेका ठाउँमा दुई/चार वटा मात्रै हिट हुने हो । चाहे त्यो बलिउड होस् या हलिउड जहाँ हजारौं सिनेमा बन्छन् तर हिट हुने दुई/चार वटामात्रै नै हो । 
नेपाली सिनेमा उद्योग नपढेका व्यक्तिहरूको जमात हो । त्यसैले यहाँ अधिकांश चलचित्र फ्लप हुन्छन् भन्ने टिप्पणी पनि हुने गर्छ नि ?
पीएचडी गरेको व्यक्तिले राम्रो सिनेमा बनाउँछ भन्ने होइन । यो त सिर्जना हो । कला, सिर्जना भनेको जो कसैसँग पनि हुन सक्छ । सिनेमा नपढेका व्यक्तिले पनि राम्रो बनाउन सक्छ । तर, निर्देशक, निर्माता, कलाकार सबैले सिनेमा भनेको के हो भनेर त्यसको बेसिक ज्ञान भने लिनुपर्छ । पढ्दा झनै राम्रो हो । 
पछिल्लो समय निर्देशन गर्न सिनेमामा लगानी गर्न चलचित्र विकास बोर्डले केही क्राइटेरिया निर्धारण गरेको छ । त्यसलाई कतिले राम्रो रूपमा लिएका होलान्, कतिले विरोध गरेका होलान् । तर, सिर्जनाको फाँटबाट हेर्दा भने नराम्रो होला ।
  
 
 
 
 
 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro