site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओली चीन प्रस्थान, रेल र ऊर्जा प्राथमिकतामा (तस्बिरसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । ११९ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन् ।

\"\"
प्रधानमन्त्रीसँगै सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी छ र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी हुनेछन् ।  त्यसैगरी विभिन्न सञ्चारमाध्यका प्रधान सम्पादक तथा पत्रकार ११  र  उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी हुनेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ । 

\"\"
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

\"\"
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चीन फिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिएको राससले जनाएको छ ।

\"\"
उनले भने, “नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।”  द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिए ।

\"\"

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् । यसैबीच प्रधानमन्त्री ओलीले मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने बताएका छन् ।

\"\"

चीनको औपचारिक भ्रमणबारे संघीय संसद्मा जानकारी गराउँदै उनले मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको बताए ।

\"\"

प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिका लागि चिनियाँ सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उल्लेख गर्दैै भने “चीनले वान बेल्ट रोडको अवधारण अघि सारेको छ, तत्काल विभिन्न क्षेत्रमा कसरी मिलेर अघि जान सकिन्छ भन्नेबारे यसअघि नै सहमति भइसकेको छ ।”
“उत्तर दक्षिण कोरिडोर र केही सडकका बारेमा सहमति हुनेछ, राष्ट्रपतिसँगको भेटमा नेपाल र चीन बीचको सम्बन्ध र सहकार्य अझ सुदृढ गर्ने दृष्टिकोणबाट कुरा राखिनेछ,” प्रधानमन्त्री ओलीले भने ।

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

 

\"\"


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro