site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
एसएसपी श्याम खत्री पूर्पक्षका लागि जेल चलान, भन्छन्– सुन नभेटी तस्कर भन्न मिल्छ ?
SkywellSkywell

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं उपस्थित भएका एसएसपी श्याम खत्री पूर्पक्षका लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण शर्माले खत्रीलाई पूर्पक्षमा राख्न आदेश दिएका हुन् । सुन गायब र सनम हत्यासँग जोडिएका खत्री फरार रहेका थिए ।

गत माघ ९ गते यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन हराएपछि मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ को समूहले सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । यो प्रकरणमा हालसम्म उच्च प्रहरी अधिकारी र  गोरेसहित यसअघि २९ जना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् । यसअघि पक्राउ परेका गोरेले सुन तस्करीमा उच्च प्रहरी अधिकारीको सेटिङबारे सबै कुरा एसएसपी श्याम खत्रीलाई थाहा भएको बताएका थिए । 

Dabur Nepal
NIC Asia

व्यापक खोजी भइरहेका एसएसपी श्याम खत्री बिहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका हुन् । यसअघि प्रहरी प्रधान कार्यालयले एसएसपी श्याम खत्री, सुन लगानीकर्ता एमके अग्रवाल र गोरेका भाइ रमेश उप्रेतीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । 

सुन काण्ड चर्किएपछि प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खत्रीले गत चैत १३ गतेदेखि वैशाख ११ गतेसम्मको बिदा लिएका थिए । खत्री वैशाख १२ गते हाजिर हुनुपर्ने हो । बिदा लिएयता एसएसपी खत्री सम्र्पकविहीन भएका थिए । 

खत्रीको खोजीका लागि प्रहरीको विशेष ब्यूरो र सीआईबीको टोली खटिएको थियो । खत्री यसअघि २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बरामद गरेको सुन काण्डमा पनि पक्राउ परेका थिए । पछि उनको निलम्बन फुकुवा भएको थियो । त्यतिबेला पनि नेपाल आएको साढे ३३ किलो सुन गोरेकै भएको अनुसन्धानबाट खुलेको भए पनि उनको वास्तविक नाम र ठेगाना पत्ता लगाउन नसक्दा उनलाई फरार अभियुक्त तोकिएको थिएन । 

यसैबीच, खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारीसमेत नभएको बयान दिएका थिए ।

खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बयानमा उल्लेख गरेका छन् ।

बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई थाहा भएको बयान दिएका थिए । गोरेले बयानका क्रममा खत्रीले सुन छुटाएबापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro