site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनिलजत्तिको ‘गिटारिस्ट’ अरु छैन
Tiktok banner adTiktok banner ad
रेस्टुराँमा हामी जिस्किरहन्थ्यौं
जेम्स प्रधान 
मैले सुनिलसँग धेरै लामो समय काम गरें । ऊ रचनाको हिसाबले निकै राम्रो मान्छे हो । क्रिएसनमा कुनै ‘डाउट’ नै थिएन । मेरो स्टुडियोमा उसले धेरै समय बितायो, जहाँ उसले निकै राम्रा राम्रा रचना जन्मायो । मेरो सांगीतिक यात्राको आउटपुटमा उसले निकै सहयोग गरेको छ । 
विशेषतः गिटारमा ऊ यति पोख्त थियो कि म कुन शब्दले बयान गरौं ? कुनै शब्दै छैन । सुनिल र म सँगै धेरै टुरहरु गयौं । देशभित्र र बाहिरका दर्जनौं कन्सर्ट हामीले सँगै गरेका थियौं । 
उसका केही कमजोरी पनि थिए । ऊ धेरै पिउने गथ्र्यो । कहिलेकाहीँ छोड्थ्यो पनि तर, छोड्ने भन्दा पिउने नै धेरै गथ्र्यो । उसको नराम्रो पक्ष यही थियो । उसलाई मैले पटक पटक यसरी पिउनु हुँदैन भनेर सम्झाउँथें । मैले बोल्दा ऊ सुनिरहन्थ्यो र हुन्छ भन्थ्यो । तर, कहिले पनि चटक्कै पिउन छोड्न भने सकेन ।
सुनिल छुट्टै खालको व्यक्ति थियो । ऊ निकै जिद्दि स्वाभावको थियो । आफूले गरेको ठीक छ भन्ने आत्मविश्वासका साथ काम गथ्र्यो । गिटारमा ऊ निकै राम्रो थियो । त्यसमा उसले अरुको कुरा नसुने पनि केही फरक पर्दैनथ्यो । तर, अरु कुरामा पनि उसले हामीले भनेको मानेको भए ऊ सायद आझ हामीसँगै हुन्थ्यो । 
मेरो निकै चलेको गीत ‘आइदेउ आइदेउ’ मा उसैले गिटार वर्क गरेको थियो, जुन दर्शक÷स्रोताले निकै मन पराइदिनु भयो । उसले आफ्नो र अरुको कम्पोजिसन गरेर कम्तीमा पनि ५० भन्दा बढी नै गीत गर्यो होला । 
सुनिल रमाइलो स्वाभावको थियो, जिस्किरहनुपर्ने । बाहिर कन्सर्टमा जाँदा होस् या स्टुडियो वा कुनै होटल अथवा रेस्टुराँमा हामी जिस्किरहन्थ्यौं । 
ऊ एकोहोरो आफ्नै क्रिएसनमा लागिरहन्थ्यो । आफ्नो काम नसकेसम्म कसैको कुरा सुन्दैनथ्यो । नेपाली संगीतलाई अगाडि बढाउन अब यसरी काम गर्नुपर्छ भनेर हामी योजना बनाउँथ्यौं । ऊ पनि होमा हो मिलाउँथ्यो, हुन्छ भन्थ्यो । तर, भोलिपल्टबाट फेरि आफ्नै स्वाभावअनुसार काम गथ्र्यो । उसको काम भने निकै राम्रो हुन्थ्यो । कमेन्ट गर्ने कुनै ठाउँ नै दिँदैननथ्यो । 
‘निरमाया तिमीलाई’ उसको सबैभन्दा बढी मलाई मन पर्ने गीत हो । उसले आफ्नोमात्रै होइन, अरुको गीतमा पनि त्यतिकै राम्रो काम गरेको छ ।  नविन के भट्टराईका धेरै गीतमा उसको आउटपुट छ । नविनको ‘उदासी’, ‘सायद तिमी नै हौ’ उसैले गरेका गीत हुन् । 
 
हँसिलो स्वभावको हुनुहुन्थ्यो
अराज केशव
सुनिल दाइको समकक्षी जेम्स प्रधान, महाराज थापा हुनुहुन्थ्यो । ओपस स्टुडियोमा उहाँहरुबीच भेट हुन्थ्यो । म पनि त्यही स्टुडियोमा काम गर्थें । म सुनिल दाइको ‘गोरेटो अनि उस्तै छ गल्ली’ को फ्यान नै थिएँ । यो गीत मन नरापराउने कोही नेपाली छ जस्तो मलाई लाग्दैन । 
उहाँ गिटार यति राम्रो बजाउनुहुन्थ्यो, त्यो समय गिटारमा उहाँको छेउछाउ पनि कोही आउँदैनथ्यो । गिटारमा उहाँको एकछत्र राज थियो । गिटार बादन र कम्पोजिसन राम्रो गर्नुहुन्थ्यो । मल्टिट्यालेन्ट व्यक्ति हुनुहुन्थ्यो सुनिल दाइ । 
मेरो र्यापमा सुनिल दाइको एरेन्जमेन्ट थियो । ‘घर हाम्रो पूर्वाञ्चल’ मा मैले र्याप गरेको थिएँ, त्यसमा दाइले एरेन्ज गर्नुभएको थियो । मैले उहाँको एरेन्जमेन्टमा गीत गाउने भनेको थिएँ । तर, त्यो बेला म जेम्स दाइको स्टुडियोमा काम गर्न थालिसकेको थिएँ । त्यही भएर त्यो अवसर भने जुरेन । 
पप विधामा उहाँको विकल्प नै थिएन । कसले राम्रो गिटार बजाउँछ भन्दा एक नम्बरमा सुनिल दाइकै नाम आउँथ्यो । उहाँबाट इन्सपायर भएर गिटार सुरु गरेका धेरै अहिले नेपालका टप गिटारिस्ट भएका छन् । लिड गिटारिस्टका लागि उहाँको हात सफा हात मानिन्थ्यो । पप मेलोडीमा नविन के भट्टराईका धेरै गीत सुनिल दाइकै हुन् । सञ्जिव सिंह उहाँबाटै प्रभावित हो । जेम्स दाइको कम्पोजिसन र सुनिल दाइको एरेन्जमेन्ट नम्बर वानमा थियो । पप गीतमा उहाँहरुको अप्सन नै थिएन । गोपाल रसाइली दाइ उहाँहरु भनदा पछिको जेनेरेसन हो । 
जिन्दगी रमाइलोसँग बिताउनुपर्छ भन्नुहुन्थ्यो । क्रिएसनको काम फ्रेस नभई हुँदैन, त्यसैले उहाँ सधैं रमाइलो गर्नुपर्छ भन्नुहुन्थ्यो । अरुलाई हँसाइरहने उहाँको स्वाभाव नै थियो । हाँसिरहने बानी थियो । उहाँको निधनले नेपाली पप संगीतलाई नै ठूलो क्षति पुगेको छ ।
(कुराकानीमा आधारित)
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro