site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरानचौरमा प्रकृतिसँग संघर्ष गर्दै धुर्मुस
Tiktok banner adTiktok banner ad
काठमाडौं । सबै हातहरु सहयोगी हुँदैनन् । सबै मनहरु दानी पनि हुँदैनन् । केही त्यस्ता अभ्यस्त गिद्धे आँखाहरु हुन्छन् जसले परोपकारी कामहरुमा छिरेर आफ्नो व्यापारिक धन्दाहरु चलाउने छिद्रहरु खोजिरहन्छन् । 
धुर्मुस सुन्तली फाउन्डेशन करिब वर्षदिन देखि तन, मन र धन खर्चिएर सहयोगी मनहरुको सहयोगमा एकीकृत नमूना बस्ती बनाइरहेको छ । दुनियाले मुक्त कण्ठले प्रसंशा गरिरहेको छ । तर, त्यो परोपकारी काममा व्यापारका गिद्धे दृष्टि गाढ्ने व्यापारीहरु छन् । जसले सहयोगका नाममा व्यापार गर्न खाजे, तर त्यसलाई सिताराम कट्टेल धुर्मुसले ठाडै अस्वीकार गरिदिए ।  
भूकम्प प्रतिरोधात्मक घर बनाएर स्थानीयलाई हस्तानतरण गर्न योजनाले अन्तिम रुप पाउँदैगर्दा धुर्मुसलाई यतिबेला रंगरोगनका लागि रंगको खाँचो छ । बगैचाँ बनाउन फूल र त्यसको पूर्वाधारका निर्माणका लागि आवश्यक भौतिक संरचनाको आवश्यकता छ । 
यो आवश्यकता नियालीरहेका केही पेन्ट्स कम्पनीहरुले धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्न चाहेको बताए । तर, उनीहरुका सर्त यस्ता छन्,जसले यो परोपकारी कार्यलाई व्यापारीकरण गरिदिन्छ । त्यसैले धुर्मुसले त्यस्ता व्यापारिक आँखाहरुलाई आफ्नो एकीकृत बस्तीमा प्रवेश गर्नै दिएनन् ।
भन्छन्, “सबै कुरा छाडेर देशकै लागि नमूना बस्ती बनाइरहेका छौं । हामीलाई केही पेन्ट्स कम्पनीहरुले सहयोग गर्ने त बताउनु भएकाे छ । उहाँहरु परोपकारी मनले सहयोग गर्ने भावनाले आउनुहुन्छ भने त्याे त्यस्तो प्रस्ताव हामीलाई मान्य हुन्छ ।”
उनले एकीकृत बस्ती निर्माणको करिब ७० प्रतिशत काम सकिएको र केही घर ढलान गर्ने अवस्थामा पुगेको बताए । उनका अनुसार अव सबै भन्दा बढी सहयोग ‘स्किल मेनपावर’ छ जसले बिजुली, पल्म्बरको काम जान्दछ । फाउन्डेशनलाई अब घरलाई फिनिसिंग गर्ने क्रममा पेन्ट्स कम्पनीहरुको सहयोगको आवश्यकता छ । 
“हामीले सुरुमा गरेको योजनामै बस्ती निर्माण सकिन्छ जस्तो छैन । तर, पनि अहिल्यै आर्थिक सहयोग माग्दैनौं । अब घरमा लगाउन रंग चाहिएको छ । विजुली, पल्विगंको काम गर्ने ‘स्किल मेनपावर’ चाहिएको छ,” धुर्मुसले गुनासो पोखे, “यो हामीले आफ्ना लागि बनाएको घर होइन । हामीले त संयोजनकारी भूमिका मात्रै खेलेको हो । यसमा सहयोग गर्नेहरुको नाम हुन्छ । फाइदा गर्ने मनासय नपाली सहयोग गरिदिन आग्रह गर्छु ।”
पूर्व निर्धारित कार्यक्रम अनुसार बस्ती हस्तान्तरण गर्ने समय आउन अब धेरै दिन बाँकी छैन । तर, काम भने अझै धेरै बाँकी नै छ । योजना अनुसार काम नगेको पनि होइन । तर, यतिबेला धुर्मुसलाई प्रकृतीले चुनौति दिए झै लागिरहेको छ । “पहिरो गएर समान ल्याउने बाटो थुनिएरक केही दिनदेखि काम हुन सकेको छैन । अहिले पनि म पहिलो गएको ठाउँमा पहिरो पन्साइरहेको छु, माथीबाट पहिरो गएर मुग्लिनमा हप्तौं गाडी जाम भए जस्तै यहाँ पनि पहिरोले सबै काम ठप्प भएको छ,” धुर्मुस भन्छन्,“प्रकृतीले नै चुनौती दिइरहेको जस्तो लागिरहेको छ । प्रकृतीको अगाडि त केही लाग्दो रहेनछ । अझै पनि पानी रह्यो भने हामी समयमै काम सक्छौं । तर, तीन महिना भयो यो ठाउँमा हरेक दिन पानी नपरेको दिन छैन । हरेक दिन मुसल धारे पानी पर्छ । प्रकृतीको अगाडी केही लागेन । हिजो पनी दिउसो दुई बजेसम्म पानी पर्यो कामै भएन । राती बल्ब बालेर ११ बजेसम्म काम गर्यौं । पानीसँग संघर्ष गर्दै काम गरिरहेको छु । 
फाउन्डेसनले अहिले तीन वटा घरको तलो छाप्ने काम गरिरहेको छ भने १६ वटा घर छानो हाल्ने अवस्थामा पुगेका छन् । फाउन्डेशनले डेढ तले घर बनाउन लागेको हो । 
भूकम्पले सखाप भएको सिन्धुपाल्चोकको दुर्गम गिरानचौरमा एकीकृत नमूना बस्ती बनाएर दसैं अघि नै हस्तान्तरण गर्ने योजना भएको धुर्मुस सुनतली फाउन्डेशन अब मौसमले साथ नदिए दसैं पछिलाई बस्ती हस्तान्तरण गर्ने मनस्थितिमा पुगेको छ । “मौसमले साथ दियो र पानी परेन भने हामी अझै पनि दसैं अघि नै बस्ती हस्तान्तरण गर्ने छौं । तर, घर ठड्याएर मात्रै हुँदैन । भूकम्प प्रतिरोधी पनि बनाउनु पर्छ,” धुर्मुसले भने, “घर सँगै हामीले त्यती नै सुन्दर बगैंचा पनि बनाउनु छ । किन कि यो देशलाई प्रभावित पार्ने नमूना बस्तीको रुपमा विकास गर्नुछ ।”
उनले दसैं अगाडि सम्भव नभए तिहार लक्ष्मी पूजाको दिन बस्ति हस्तान्तरण गर्न सकिने जानकारी दिए ।
फाइल तस्बिर  
  
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७३  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro