site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित यी स्थानमा आइतबार हुनेछ वर्षा 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही स्थानमा आइतबार (वैशाख २८) वर्षाको सम्भावना छ । सातै प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को पूर्वानुमान छ । दिउँसोको समयमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

“देशभरका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “दिउँसो १२/१ बजेपछि वर्षा हुनसक्छ ।”

बादल प्रवेश गरिरहे पनि तराई क्षेत्रमा वर्षाको सम्भावना खासै नरहेको उनले जानकारी दिए । तर, वर्षा हुँदैन नै भनेर नकार्न नसकिने उनले बताए ।

महाशाखाले हिमाली क्षेत्रमा हल्का हिमपातको पनि पूर्वानुमान गरेको छ । वर्षा र हिमपात भए तापक्रम बढ्ने सम्भावना हुँदैन । “तराईमा त त्यस्तो केही नहोला, पहाडी भूभागमा तापक्रम घट्ने नै भन्दा पनि बढ्नेचाहिँ नहुन सक्छ,” उनले भने ।

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । दिउँसोतिर काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए । वर्षा ठूलो र निरन्तर धेरै बेर नहुने उनको भनाइ छ ।

सोमबार पनि वर्षाको सम्भावना
आइतबारको तुलनामा सोमबार (वैशाख २९) वर्षाको सम्भावना कम छ । तर, वर्षा हुने नै पूर्वानुमान गरिएको मौसमविद् अर्यालले बताए ।

“वर्षाको सम्भावना पर्सि (सोमबार) अलि कम छ,” उनले भने, “तर, वर्षाको सम्भावना छ । दिउँसो २/३ बजेतिर वर्षा हुनसक्छ ।”

देशका अरू स्थानमा जस्तै सोमबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । तर, आइतबारको तुलनामा सम्भावना कम रहेको उनले स्पष्ट पारे ।

हाल प्रिमनसुन अवधि हो । यो समयमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना हुन्छ । हावाहुरी पनि चल्न सक्छ । शनिबार म्याग्दी, बागलुङ, डडेलधुरा, अछाम, बाजुरा, दैलेख, मनाङलगायत जिल्लाका केही स्थानमा मेघगर्जनसहित वर्षा भएको महाशाखाले जनाएको छ ।

यति बेला देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव छ । अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro