site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राप्तीका ९९ प्रतिशत किसान तरकारीमा विषादी छर्छन्
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा कृषिको पकेट क्षेत्र मानिने राप्ती नगरपालिकाका ९९ प्रतिशत किसानले विषादी छर्ने गरेको पाइएको छ ।

नगरपालिकाको कृषि शाखा र नेपाल जनस्वास्थ्य प्रतिष्ठानले गरेको सर्वेक्षणले राप्ती नगरपालिकाका किसानले खाद्यबालीमा कुनै न कुनै प्रकारको विषादी प्रयोग गर्ने गरेको पाइएको हो ।

राप्ती नगरपालिका वडा नं १ लाई आईपीएमयुक्त वडा घोषणाको लागि सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गर्न दुबीचौरमा आयोजना गरिएको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

४८ प्रतिशत किसानहरुले रासायनिक विषादी र ४४ प्रतिशत किसानले रासायनिक र जैविक दुवै विषादी प्रयोग गर्ने गरेको खाद्य सुरक्षाको लागि किसानस्तरमा काम गरिरहेको प्रतिष्ठानकी सिम्रन काफ्लेले जानकारी दिइन् ।

राप्ती नगरपालिकामा व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका किसानहरुले अत्यधिक विषादी प्रयोग गर्ने गरेका छन् । १६ प्रतिशत किसानहरुले आफूले खाने तरकारीमा विषादी प्रयोग नगर्ने र बजारमा बिक्री गर्ने तरकारीमा मात्रै विषादी प्रयोग गर्ने गरेको काफ्लेले जानकारी दिइन् ।

Global Ime bank

सर्वेक्षणले लगातार १० वर्षसम्म विषादी प्रयोग गर्ने किसानको संख्या ६० प्रतिशत रहेको छ । विषादी प्रयोग गर्ने किसानहरुमध्ये आफूले खाद्यबालीमा कस्तो प्रकारको विषादी प्रयोग गरिरहेको छु भन्ने पनि जानकारी नभएका ५७ प्रतिशत किसान रहेको काफ्लेले बताइन् ।

सरकारले अत्यधिक हानिकारक मानिएको रातो रंगको विषादी प्रतिबन्ध गरेको छ । अहिले किसानले खाद्यबालीमा पहेलो र हरियो रंगको विषादी प्रयोग गर्दै आएका छन् । पहेलो रंगको विषादी मानव स्वास्थ्यको लागि हानिकार मानिएको छ । किसानहरुले पहेलो रंगको विषादी अत्यधिक प्रयोग गर्ने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय भरतपुरका प्रमुख सुधीर श्रेष्ठ भन्छन्, “ चितवन खाद्यबालीमा सबैभन्दा बढी विषादी प्रयोग गर्ने जिल्लाको रुपमा चिनिएको छ ।”

चितवनका आठ स्थानीयतहमध्ये राप्ती नगरपालिका किसानले अत्यधिक विषादी प्रयोग गर्ने गरेको उनले बताए । प्रमुख श्रेष्ठले चितवनमा उत्पादन भएको तरकारी बढी विषादी प्रयोग गरेको पाइएपछि काठमाडौँको कालिमाटी तरकारीमण्डीमा नष्ट गर्नुपरेको गुनासो गरे ।

विषादी नियन्त्रण गर्न ऐन जारी

राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले खाद्यबालीका विषादीको प्रयोग नियन्त्रण र व्यवस्थापन गर्न नगरपालिकाले जीवनाशक विषादी ऐन जारी गरेको जानकारी दिए ।

किसानले खाद्यबालीमा अत्यधिक विषादीको प्रयोग गर्न थालेपछि नियन्त्रण गर्न नेपालमै पहिलोपटक राप्ती नगरपालिकाले विषादी ऐन जारी गरेको उनी बताउँछन् ।

ऐनमा किसानले अन्धाधुन्द खाद्यबालीमा विषादीको प्रयोग गर्न नपाउने, विषादी बिक्री वितरण, कारोबार, भण्डारण, ढुवानी र प्रयोगलाई व्यवस्थापन गर्ने उल्लेख छ ।

विषादी प्रयोग व्यवस्थापनका विषयमा संघीय कानुनले समेट्न नसकेका विषयलाई नगरपालिकास्तरमा बनेको ऐनले नियन्त्रण गर्ने नगरपालिकाका कृषि शाखा प्रमुख तथा बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपाने बताउँछन् । विषादी ऐन कार्यान्वयनको लागि नगरपालिकाको कृषि शाखाले किसानलाई आईपीएम खेती प्रणालीमा अग्रसर बनाउन कार्यक्रम सुरू गरेको उनले बताए ।

रासायनिक मलको प्रयोगलाई कम गरी प्राङ्गारिक मलको प्रयोगलाई जोड दिने गरी नगरपालिकाको वडा नं १ दुबीचौरबाट कार्यक्रम सुरू गरिएको उनले बताए ।

उनले भने, “आईपीएमले रासायनिक मल प्रयोग नगर भन्दैन । यसले आवश्यक मात्रामा रासायनिक मल र बढी मात्रामा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई जोड गरेको छ ।”

वडा नं.१ लाई असार मतान्तसम्म आईपीईएमयुक्त वडा घोषणाको लागि कार्यक्रम सुरू गरिएको बाली संरक्षण अधिकृत न्यौपानेले बताए ।

किसानलाई आईपीएम प्रणालीमार्फत खेती गर्न आईपीएम कृषक पाठशाला, परजीवी प्रयोग प्रदर्शन, बाली उपचार शिविर, एप्रोच प्रदर्शन, विषादी सचेना घुम्ती र हाते पुस्तिका वितरणलगायतका कार्यक्रम गरिने बाली संरक्षण अधिकृत न्यौपानेले बताए ।

राप्ती नगरपालिकामा ६ हजार किसानले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी देशका प्रमुख शहरमा जाने गरेको छ । जसमध्ये ६० प्रतिशत तरकारी काठमाडौंको कालिमाटी तरकारी मण्डीमा खपत हुने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय