site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नारायणगढ–मुग्लिन सडकको ९० प्रतिशत काम सम्पन्न, दैनिक ६ घण्टा सवारी आवागमन बन्द
Sarbottam CementSarbottam Cement

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारमा नब्बे प्रतिशत काम सम्पन्न भएको छ । विस्तार गरिएको सडकको ३० किलोमिटर पहिलो तहको पिच भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडकखण्डको दासढुंगा, जलबीरे, चेपाङडाँडा र आँपटारी क्षेत्रमा ३.२ किलोमिटर सडक पिच गर्न बाँकी रहेको खनालले बताए । “बाँकीमध्ये साढे दुई किलोमिटर सडक पिच गर्न तयार भइसकेको छ । वैशाखको अन्तिमसम्ममा पहिलो तहको पिच सम्पन्न भइसक्छ ।”

तीन तहमा कालोपत्रे गरिने सडकखण्डमा २८ किलोमिटर दोस्रो तहको र ८ किलोमिटर सडक तेस्रो तहको कालोपत्रे गरिएको उनले बताए । 

बाटो विस्तारसँगै पुल निर्माणको काम नहुँदा सडकखण्डमा जाम हुने समस्या यथावतै छ । बाटो ठूलो हुँदा गाडी स्पिडमा गुड्ने र पुल साँघुरो भएपछि स्पिडमा गुडेका गाडीहरु पुलको मुखमा थुप्रिने गरेकाले समस्या बढेको उनले बताए ।
पुलनजिक पर्ने यस्ता जाममा लाइनमा नबस्ने र साना गाडीले ओभरटेक गर्दा धेरै समस्या पारेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सो सडकखण्डमा अहिले चौथोपटक म्याद थप गरी सडक विस्तारको काम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनी बाटो विस्तारको काममा सहभागी छन् ।

बीएलएसीसीले आँपटारीदेखि दासढुंगासम्मको १०.५ किलोमिटर, उड हिल–लामा जेभीले दासढुंगादेखि सिमलतालसम्मको १०.७ किलोमिटर र सुप्रिम–रौताहा जेभीले सिमलतालदेखि मुग्लिनसम्मको १२.१ किलोमिटर सडक विस्तारको ठेक्का लिएर काम गर्दै आएका छन् ।

Global Ime bank

चारवटा पुलको निर्माण सुरु
 

सडकखण्डमा पर्ने १८ वटा पुलमध्ये ४ पुल विस्तार गरेर निर्माण कार्य सुरू गरिएको छ । दासढुंगा, मौरी, खानी र जलबीरे पुलको मात्र निर्माण कार्य अघि बढेको छ । लामा कन्स्ट्रक्सन कम्पनीले दासढुंगा, मौरी, खानी पुल निर्माण गर्दैछ । २ अगष्ट २०१९ सम्म सक्नेगरी निर्माण सम्झौता गरिएको ३ पुलको लागत १३ करोड ६५ लाख रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।

८० मिटर लामो जलविरे पुल निर्माणको जिम्मा सुप्रिम–रौताहा जेभीलाई दिइएको छ । १३ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने पुल २२ जुलाई २०१९ सम्म सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका १८ वटा पुलको लम्बाई ४८४ मिटर रहेको छ । प्रायःजसो पुल २० मिटरभन्दा लामो रहेका छन् । चार पुलको निर्माण कार्य २१ प्रतिशत सकिएको सूचना अधिकारी खनालले जानकारी दिए ।

पुल निर्माण सम्झौता सडक विभागमार्फत् नै हुने भएकाले अन्य पुल निर्माणको सम्झौता भइनसकेको उनले बताए । सडकखण्डमा पहाड फोरेर बाटो विस्तारको काम गरिएकाले सडक पहिरोको जोखिममा रहेको छ । अहिले पहाडमा १०० मिटर माथिसम्म पुगेर सफा गर्ने काम भइरहेको छ । पहिरो रोकथामको कार्य सुरू गरिएको सूचना अधिकारी खनालले जानकारी दिए ।

सडक विस्तारमा वातावरण र सामाजिक पक्षलाई पनि ध्यान दिइएको उनी बताउँछन् ।

जैविक मार्गमा ‘एनिमल पासिङ ब्रिज’

वरण्डाभार क्षेत्रमा जैविक मार्गमा वन्यजन्तु ओहोरदोहोर गर्नको लागि ‘एनिमल पासिङ ब्रिज’ बनाइएको छ । पुलबाटै बाटो काटुन् भनेर त्यसको वरिपरिको क्षेत्रमा तारबार गर्ने कार्य भइरहेको छ । एसियन हाईवे स्ट्यान्डर्डमा विस्तार गरिएको सडकमा १४ किलोमिटर ११ मिटर र १९ किलोमिटर ९ मिटर चौडाइको बनाइँदैछ । दुई अर्ब ९० करोडको लागतमा बन्दै गरेको सडक हरेकदिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरी निर्माण कार्य हुँदैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय