site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छक्याउँदैन ‘छक्का पञ्जा’ले
Tiktok banner adTiktok banner ad
नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ नेपाली जनजीवनमा वैदेशिक रोजगारीको नकारात्मक प्रभावको चित्रण हो । घरगाउँमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको चलचित्रमा देखाउन खोजिएको छ । 
राजा (दीपकराज गिरी), सरस्वती (जितु नेपाल), बुद्धि (बुद्धि तामाङ), माग्ने (केदार घिमिरे) र अतीत (शिवहरि पौडेल) लाई प्रतिनिधि पात्र बनाएर ‘छक्का पञ्जा’ले गाउँले परिवेशमा वैदेशिक रोजगारी र त्यसले परिवारमा ल्याएको विचलनलाई जस्ताको तस्तै देखाउन खोजेको छ ।
गाउँको हुनेखाने परिवारको राजा सरस्वती, बुद्धि, माग्ने र अतीतलाई पछि लगाएर हिँड्छ । विवाह नगर्ने मनस्थिति बनाएको राजा आफ्ना साथीहरूलाई पनि विवाह गर्न हुँदैन भनेर उकास्छ । सिनेमा सुरु भएको केही समयमै अतीतलाई अमेरिकाको डीभी चिठ्ठा पर्छ । डीभी परेपछि ४५ वर्षे अतीत आफूभन्दा २० वर्ष कान्छी केटी वर्षा राउन (बृन्दा)सँग बिहे गरेर विदेश जान्छ । डीभी पर्नुअघि वर्षालाई माग्न जाँदा उसका बाबुले वृद्ध भत्ता खाने बेला भएको भनेर अतीतलाई रित्तो हात फर्काइएिका हुन्छन् । 
सुरुबाटै राजालाई मन पराउने बृन्दा अतीत अमेरिका गएपछि राजासँग नजिकिन्छे । यता बुद्धिको भने पहिले नै विवाह भइसकेको हुन्छ । तर, साथीहरुको लहलहैमा उसले श्रीमतीलाई कुटेर माइत पठाएको हुन्छ । पछि श्रीमती लिन जाँदा उसलाई जेठानले गाउँले लगाएर कुटाउँछन् । त्यसको प्रतिक्रियास्वरूप जेठानलाई राजासहितका आफ्ना साथी लिएर कुट्न जाँदै गर्दा गीत बज्छ ‘पूर्वपश्चिम रेल ।’ 
सिनेमामा कुनै त्यस्ता डाइलग छैनन्, जसले दर्शकलाई नहँसाएको होस् । तर, कतै हँसाउनकै लागि देखाइएका संवाद र दृश्य पनि छन् । कच्ची बाटोमा एउटै बाइकमा झोलासहित पछाडि बसेका माग्ने उल्टो फर्केर बसेका हुन्छन्, जुन दैनिक जनजीवनमा देखिने दृश्य भन्दा पनि हँसाउनकै लागिमात्र सिनेमामा समावेश गरिएको भान हुन्छ ।  
माग्ने आमाको चाउरी परेको मुहारमा खुसी ल्याउन विदेश जाने भन्दै काठमाडौँ हिँड्छ । 
राजालाई घरबाट विवाहका लागि प्रेसर आएपछि ऊ एउटा सर्तसहित राजी हुन्छ । उसको सर्त हुन्छ, दैनिक श्रीमती कुट्न पाउनुपर्ने । चर्को आर्थिक अभावको पीडा महसुस गरेकी चम्पा (प्रियंका कार्की) राजाको सर्त मानेर विवाह गर्न तयार हुन्छिन् । तर, श्रीमतीलाई कजाएर राख्न चाहने राजा र महिला अधिकारका कुरा गर्ने चम्पाबीचको सम्बन्ध राम्रो हुँदैन । 
सिनेमाको उत्तरार्धमा आइपुग्दा घटनाले फरक मोड लिन सुरु गर्छ । चम्पालाई काठमाडौं घुमाउन भनेर राजा र चम्पा घरबाट काठमाडौँतर्फ हिँड्छन् । यहीँबाट घटनाले फरक मोड लिन्छ । राजालाई बीच बाटोमै कसैले रोक्छ । त्यही बेला चम्पाले राजालाई दाउराले हानेर घाइते बनाएर त्यो व्यक्तिसँगै भाग्छिन् । 
काठमाडौं आएर चम्पालाई खोज्न डनको सहारा लिने क्रममा राजा र बुद्धिले डनको रूपमा माग्नेलाई फेला पार्छन् । केसी डनका रूपमा भेटिएका माग्ने र विदेश जान हिँडेका सरस्वतीले चम्पालाई खोज्न सहयोग गर्छन् । विदेश जाने पैसा नभएपछि माग्ने आफ्नो किड्नी बेचेर गाउँमा आमालाई पैसा पठाइरहेका हुन्छन् ।  
यही बीचमा श्रीमती हराएर तनावमा रहेका राजालाई सहयोग गरिरहेका बेला बुद्धिले बोलेका प्रत्यक संवादले राजालाई पोल्छन् । अप्ठ्यारो परिस्थितिमा साथीले साथीलाई त्यस्ता डाइलग बोल्छन् ? भन्ने प्रश्न पनि उठाउन सकिन्छ । 
सिनेमाको अन्तिममा श्रीमतीलाई पेट बोकाएर साथीको चोखो मित्रता र विश्वासमाथि घात गर्ने राजालाई त्यसको परिणाम चखाउन आर्यनको सहयोगमा अतीतले गैरजिम्मेवारको सवक राजालाई सिकाउँदै चम्पासँग विवाह गर्छन् । यता बृन्दा पनि राजाको बच्चा जन्माएर राजाकै घरमा बस्छिन् । 
विदेशबाट आएको सरस्वतीले आफ्लै मन पराएको गाउँकै केटी विष्णुसँग विवाह गर्छ । विष्णुका बुबाले छोरीसँग विवाह गर्ने भए विदेश गएर पैसा कमाउन चुनौती दिएका हुन्छन् । 
सिनेमामा कतैकतै हँसाउनकै लागि रादिएका संवादबाहेक गीत, संवाद र सिनेम्याटोग्राफी उत्कृष्ट देखिन्छ । तर, राजाले सुदूरपश्चिमेली लवजमा ‘हाम्रा, तम्रा’ भन्ने भाषा बोले पनि उनकी आमाले भने ठेट नेपाली लवजमा बोल्छिन् । यसले आमा–छोराको भाषामा संगति किन मिलेन भन्ने दर्शकको मनमा खड्किने पक्ष हो । 
सानो पर्दामा करिब डेढ दशक राज गरेको दीपक–दिपाको जोडी सिनेमामा पनि जमेको देखिन्छ । समग्रमा ‘छक्का पञ्जा’ दीपक–दीपाको ‘छ एकान ६’ र ‘वडा नम्बर ६’ भन्दा संवाद, गीत, संगीत र सिनेम्याटोग्राफीमा राम्रो छ । दीपक–दिपाको जोडी सेतो पर्दामा पनि उत्तिकै जम्ने यो फिल्मले संकेत गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro