site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बर्षा चीनमा, क्षती नेपालमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सुरेश बुढाथोकी
सिन्धुपाल्चोक, २२ असार ।
बाह्रबिसे १ कि बिमला थिङ मंगलबार साँझ ८ बजे पतिसहित ६ बर्षीया छोरीलाई खान खुवाएर भर्खर सुतेकी थिईन् । सुतेर झकाउन मात्र के लागेकी थिईन् अकस्मात् बाह्रबिसे बजारभरी होहल्ला र चिच्याहट सुरु भैहाल्यो । उनले सुतिरहेका श्रीमानलाई झक्झकाईन् । उनि सुतेको अस्थाई टहरो समेत थरर्र हल्लियो । एकछिनसम्म त के भयो के भयो भन्ने अन्यौलमा बसे थिङ दम्पती ।
गत बर्ष बैशाख १२ गते आएको बिनासकारी भूकम्प र त्यसपछि सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर पटक–पटक आइरहेका परकम्पनबाट त्राहिमाम भएका उनीहरुले भूकम्प नै आएछ भन्ठाने । तर केहि समयपछि उनिहरुको टहरै मुन्तिर बगेको भोटेकोसी खोलो आकास गर्जे झैं गर्जिन थाल्यो । उनीहरुले बल्ल थाहा पाए भोटेकोसी बौलाएछ । 
बिमलाका श्रीमान जुरुक्क उठे र काखे छोरी च्यापेर यताउता केहि नहेरी रोडतिर कुँदे । बिमला पनि केहि अनिष्ट भए झैं पछिपछि कुँदिन् । त्यतिबेलासम्म बाह्रबिसेका केही घर र मोटर ग्यारेज बाढीले बगाई सकेको थियो ।
“भर्खर ९ बजेको थियो । बाबा (श्रीमान) सुत्नु भैसकेको थियो । बाढी आएको थाहा पाएपछी छोरी च्यापेर बाह्रबिसे बजारतिर भाग्यौं । बजारभरी पृथ्वी पल्टन लाग्या जस्तै कोलाहाल मच्चिएको थियो । बुढाबुढीहरु भाग्न नसकेर बजारमै घोप्टो परेर रोइरहेका थिए । हामी भागेर माथी डाडाँ बसेर रात कटायौं । आज पनि पानी पर्ला जस्तो छ । अब यि झिटीझाम्टा कसेर डाडाँतिर गएर बस्न लागेको,” धुम्म परेको कालो आकास हेर्दै बिमलाले भनिन् ।
बाह्रबिसेकै ५६ बर्षिया देबमाया श्रेष्ठलाई बिगत लामो समयदेखी मधुमेह रोगले सताई रहेको थियो । औषधी खाइरहनुपथ्र्यो उनलाई । चिनी हालेको चिया खानै हुन्थेन । जस्तौ पायो त्यस्तै खाना खाँदा रोगले झन् च्याप्थ्यो । मंगलबार भोटेकोसी नदीमा भिषण बाढी आइरहँदा उनी मस्त निद्रामा थिइन् । “एक्कासी बजारमा मान्छेको खैलाबैला सुनियो । सपना हो की बिपना मेसो पाइन । बजारमा पुलिसको घण्टी बजिरहेको थियो । नातिनिले बज्यै खालोमा बाढी आयो भनि अनि पो मेसो भो बाढी आएको । त्यसपछी नातिनी र म बजारतिर भाग्यौ । ज्यान जोगाउनै मुस्किल भो,” उनले भनिन् । उनी बस्दै आएको घर वरीपरी बाढीले कटान गरेको छ । बाढीको धक्काले उनको आधा आगन समेत बगाएको छ ।  “परार जुरेको पहिरोले बस्न दिएन, पोहोर भुइकम्पले मर्नु न बाँच्नुको बनायो, अहिले यी पापी खोलो बौलाएर घर आँगन नै आफ्नो भन्न पाइएन । मान्छे पापी भन्या यो परकीति (प्रकृती) नै पापी छ जस्तो छ । टिक्नै देन त,” ६५ बर्षीया श्रेष्ठले भनिन् । 
बुधबार नेपालको छिमेकी मुलुक चीनको हुवान शहरमा दिनभर भएको अबिरल बर्षाको प्रभाब नेपालसम्मै प¥यो । बर्षाका कारण नेपालको भोटेकोसी नदीमा भिषण बाढी आएको छ । बाढीले नेपालको ब्यापारीक नाका तातोपानी र आसपासका स्थानमा ठूलो भौतिक क्षति पु¥याएको छ । बाढीले तातोपानी भन्सार कार्यालयको चमेना गृहसहित तातोपानी गाविसको २१ वटा घर बगाएको छ । साथै प्रति सेकेण्ड ६ सय ३० क्युसेकको गतिमा आएको बाढीले तातोपानीका लिपिङ्ग, कोदारी, चाकु लगायत बजारका ३ सय मिटरभन्दा बढी बाटो बगाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजु पाण्डेले बताए । बाढी आएको थाहा पाएपछि बजारबासीलाई सुरक्षित स्थानमा जान इलाका प्रहरी कार्यालयले माइकिङ् गरेको थियो । प्रहरीले माइकिङ गरेपछी बजार आसपासका स्थानियहरु रातारात भागेर डाँडातिर गएको बाह्रबिसेका स्थानिय युधिर पौडेलले बताए । बाढी आएको थाहा पाएपछि बाह्रबिसे लगायत लामोसाँघु, खाडीचौर, अँधेरी, बलेफीसम्मका बजारबासी भागेर सुरक्षित स्थानमा गएका थिए । 
बाढीपछी नेपाल–चीन जोड्ने सडक सम्पर्क टुटेको छ । लिस्ती गाविसको जम्बु नजिकैको सडक बाढीले बगाएपछि चीन जोड्ने सडक अवरुद्ध भएको हो । बुधबार गृहमन्त्री शक्ति बहादुर बस्नेत र बन तथा भू–संरक्षण मन्त्री अग्नी सापकोटाले सिन्धुपाल्चोकको निरिक्षण भ्रमण गरेका छन् । बाढीले ठाँउ ठाउँको सडक बगाएपछि हेलिकप्टरबाट मन्त्रीद्वयले बाढी आएको भोटेकोसी नदिको निरीक्षण गरेका हुन् । निरीक्षणपछि गृहमन्त्री बस्नेतले बाढीबाट प्रभावित स्थानियहरुलाई उच्च प्राथामिकतामा राखी उनीहरुले बाढी प्रभावित क्षेत्रबाट अन्त कतै सर्न चाहे सुरक्षाकर्मी प्रयोग गरेर सारिने बताए । साथै उनले जिल्लाका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तिनवटै सुरक्षा निकायलाई बाढी प्रभावितहरुलाई हदैसम्मको सहयोग गर्न निर्देशन दिएका छन् । 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय