site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जोखिम मोलेर थातथलोमै फर्किए बाढी विस्थापितहरू
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सिन्धुपाल्चोक । गत असार २१ गते भोटेकोसीमा आएको बाढीले विस्थापित भएकी आशमाया मगर फेरि गाउँ फिरेकी छन् । बाढीले थातथलो र जग्गा बगाएपछि वैकल्पिक बासको व्यवस्था नहुँदा उनी कोदारीको चौकी डाँडामा आश्रय लिन बाध्य बनेकी थिइन् । 
घर भएको तातोपानी बजार तहसनहस भएपछि चार जनाको परिवार पाल्न चौकीडाँडामा टहरा राखी सानो पसल थापेकी छन् उनले । उनी बसेको स्थानमाथिबाट पहरो झरेर पहिरो आउने डर अर्काेतिर छ । “यहाँ नबसेर कहाँ जानू ? जाने ठाउँ छैन,” आशामायाले भनिन् । उनीसँगै गएका ५८ जना विस्थापित आफ्नै थलो फर्किसकेका छन् ।
दैवी प्रकोप उद्धार समितिद्वारा नेपाली सेनाको हेलिकोप्टरको उद्धारपछि आशामाया राजधानी पुगेकी थिइन् । काठमाडौंमा पनि बाँच्ने आधार नबनेपछि उनी आफ्नै थलो चौकीडाँडा फर्किएकी हुन् । भूकम्पमा पति गुमाएपछि उनीमाथि दुई सन्तानको पोषण र पढाइको कर्तव्य थपिएको छ, जसका लागि उनले पसल राखेकी हुन् । पुख्र्याैली घर र भएको सम्पति सबै बाढीले बगाएपछि उनीसँग अहिले आफ्नो ज्यानबाहेक केही छैन ।
छिमेकीको सहयोगबाट पाएको पालले बेरेर टहरा बनाएपछि उनको आवास तयार भयो । अहिले उनी सबै बिर्सिएर दुःखजिलो गरेर बस्न जानिसकेकी छन् । कहिलेकाहीँ घरमाथिको डरलाग्दो पहिरो भास्सिएर आउने डरले उनलाई तर्साउने गरेको छ । खेत सबै बाढीले लगेको छ । बाँकी भएको बारीमा सागपात लगाएकी छन् । “बाँच्नु त पर्यो नि, दुःख गर्नैपर्यो,” उनले भनिन् ।
लिपिङका काजी घताली अन्यत्र कतै सुरक्षित स्थानमा जग्गा नपाएकाले बाढीले बाँकी राखेका घरमा नै बस्ने तयारीमा छन् । पाँच जनाको उनको परिवार बस्ने आवास अभावमा अरुले छोडेर गएको टहरामा बसिरहेका छन् । बाढीको भागदौडमा लडेर हातमा चोट लागेका उनी शारिरीक रूपमा अशक्त छन् । बाढीको कटानमा सबै बगेपछि बाँकी रहेको खेतमा मर्मत गरेर उनले मकै लगाएका छन् । “बाँच्नैपर्यो के गर्नु, सक्दो खेती गरिरहेको छु,” उनले लगाएको मकै देखाउँदै भने ।  
चौकीडाँडाका ५८ वर्षीय हर्कबहादुर गुरुङ भने भाडामा जग्गा लिएर भए पनि पक्की आवास बनाउने तयारीमा छन् । घर बनाउन लागेको जग्गामाथि पहिरोले भास्सिँदै गएको कुनै परवाह छैन उनलाई । “जसोतसो आँटियो, कालै आएछ भने के गर्नु र ?” हर्कले  घर बनाउन थालनी गर्न आँटेको जग्गा देखाउँदै भने । खेतबारी, पशु सबै कोसीमा बगेपछि अरुको जग्गामा आवास बनाएर बसिरहेका उनी चोयाले डोको, थुन्चेजस्ता सामानहरु बनाएर आफ्नो तीन जनाको परिवार चलाइरहेका छन् । उनले बनाएको डोको बेच्न बाह्रबिसे बजार लैजाने गरेका छन् । उनलाई भूकम्प र बाढीपहिरोको बानी नै परिसकेको छ । 
यो क्षेत्रको केही सुरक्षित स्थान मानिएको चौकीडाँडामा उनीहरूमात्र होइन, तातोपानी तथा लिपिङ बजारका १ सय ५० भन्दा बढी घरधुरी सरकारले सुरक्षित बासको व्यवस्था नगरेपछि टहरा र पालको सहारामा चौकीडाँडामा फर्किएका छन् । बासका लागि व्यवस्था र बाँच्नका निमित्त आफ्नो जोहो गर्न सुरु गरिसकेका छन् । १० किलो, तातोपानीदेखि लिपिङसम्मका बाढीपीडितहरु आफ्नै गाउँमा फर्किएका छन् ।
१० किलोमा बसिरहेका चन्द्रमान भण्डारीले पहिरो पन्छाएर आवास बनाएका छन् । “पराइ ठाउँमा गएर साध्य गर्न सकिएन, आफ्नै गाउ फर्किएँ,” चन्द्रमानले भने । भण्डारी उनको तीन जनाको परिवारसहित काठमाडौंबाट फर्किएका हुन् । राजधानीमा आर्थिक सक्षमताले नभ्याउने भएरै गाउँ फर्केर आएको भण्डारी बताउँछन् । “भोटेकोसी ड्याममा थुनिएको बाढीले सडक स्थान सुरक्षित छैन,” उनले भने । तामाङले पहिरोबाट बचेको खेतमा मकै छरेका छन् । चन्द्रमानका अनुसार टुसारका १ सय २५ घरधुरी आफ्नै घरमा फर्किएका छन् । बाँकी ३५ घरधुरीसमेत गाउँ नै फर्किने तयारीमा छन् ।
अब हुन सक्ने विपत्तिको पर्वाह छैन श्याम खत्रीलाई । त्यसैले पक्की घर बनाउने तयारीमा छन् । “सबैतिर  जोखिमले घेरेको छ, सुरक्षित कहाँ छ र ?” श्यामले घरमाथिको भास्सिँदै आएको पहिरो देखाए । पहरो फुटेर झरेको पहिरोले घर खेत सबै पुरेपछि सुरक्षित स्थान खोज्दै उनी राजधानी गएका थिए । तर, आहिले उनि परिवारसहित आफ्नै गाउँ फर्केका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय