खेल
काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले चौथो विकेट गुमाएको छ । नेपालका लागि ललितनारायण राजवंशीले चौथो विकेट लिएका हुन् ।
ललितनारायणले अश्फक अहमदलाई ४२ रनमा आउट गराए । ललितनारायणले २ विकेट लिई सकेका छन् । उनी पहिलो पटक सिनियर टिममा परेका हुन् । यसअघि तेस्रो विकेटको रुपमा युएईका रमिज शाहजादलाई उनले शुन्य रनमा आउट गराएका थिए ।
यसअघि दोस्रो विकेटको रुपमा कप्तान पारस खड्काले घुलाम सब्बरलाई ३२ रनमा आउट गराएका थिए । त्यस्तै, नेपालका लागि ललित भण्डारीले पहिलो विकेट दिलाएका थिए । युएईका कप्तान रोहन मुस्ताफा ४ रनमा आउट भएका थिए ।
वर्षाबाट प्रभावित खेल २९ ओभरमा छोट्याइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४ १७:४६
प्रतिक्रिया दिनुहोस्