site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा साधारणसभा : यस्तो छ वार्षिक क्यालेन्डरमा समावेश कार्यक्रम

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको एन्फाको साधारणसभाले क्यालेन्डर पारित गरेको हो ।

क्यालेन्डरअनुसार जेठ ५ देखि २४ गतेसम्म एन्फा प्रेसिडेन्ट लिग आयोजना हुनेछ । जेठ १८ देखि साउन १६ सम्म सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट, राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुनेछ ।

एन्फाले महिला लिग भदौमा, सहिद स्मारक ‘ए’ डिभिजन लिग २०८२ पुस १ देखि २०८३ जेठ ३१ सम्म, ‘बी’ डिभिजन लिग २०८२ फागुन २० देखि २०८३ वैशाख ३१, एन्फा यू–१६ र यू–१८ लिग साउनदेखि कात्तिकसम्म आयोजना गरिने जनाएको छ ।

यो वर्ष फुटसल लिग छनोट, ‘ए’ डिभिजन फुटसल लिग, नेपाल सुपर लिग, महिला फ्रेन्चाइज लिग, एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिप, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियनसिप लगायतका प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छन् ।

यसैगरी नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिप, नेपाल चीन मैत्रीपूर्ण खेल (चिनियाँ नयाँ वर्षको अवसरमा), साफ–१७ च्याम्पियनसिप एएफसी यू–२३ एसियन कप, साफ च्याम्पिनसिपमा सहभागिता जनाउने छ ।

यसैगरी महिला टोलीले मैत्रीपूर्ण खेल, एसिया कप छनोट, साफ यू–२० च्याम्पियनसिप, एएफसी क्लब लिग, यू–२० एएफसी एसिया कप छनोट, साफ यू–१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro