site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
९८ वर्षमा पनि मजदुरी गर्दै मानवीर
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं ११, जिरौनाका ९८ वर्षीय मानवीर वाइवा जीवनको उत्तराद्र्धमा पनि अझै मजदुरी गर्दैछन् ।

०४२ वैशाख ९ गतेदेखि भरतपुर महानगरको गोन्द्राङस्थित ओम सिमेन्ट फ्याक्ट्रीमा मजदुरको जागिर सुरू गरेका मानवीरले अझैसम्म सोही कामलाई निरन्तरता दिइरहेका छन् । उनी भन्छन्, ‘०४२ वैशाख २ गतेबाट चालु भएको फ्याक्ट्रीमा वैशाख ९ गते भर्ना भएको हुँ । अझैसम्म काम गर्दैछु ।’

सुरूमा जिरौनादेखि ११ किलोमिटर हिँडेरै सिमेन्ट फ्याक्ट्रीसम्म पुग्ने गरेको बताउने मानवीर आफ्नो पारिश्रमिकबारे भन्छन्, ‘त्यतिबेला मासिक ३० रुपैयाँ तलबमा काम थालेको हुँ । अहिले १२ हजार रुपैयाँ पाउँछु ।’ 

Prabhu Bank
Agni Group
NIC Asia

उनी अहिले कान्छो छोरा सन्तवीरसँगै साइकल चढेर काममा आउजाउ गर्छन् । सन्तवीर पनि सोही फ्याक्ट्रीमा मजदुरी गर्छन् । ‘अहिले फ्याक्ट्रीकै अफिस वरपर सरसफाइ गर्छु’ उनी भन्छन्, ‘बूढो हुनुभयो जानूस् भनेर कसैले भन्दैनन् । बसुञ्जेल काम गर्नुस् भनेर माया गर्छन् । यसरी काम गरेको ३२ वर्ष भयो ।’   

उनी सो फ्याक्ट्रीका सबैभन्दा पुराना कर्मचारी हुन् । सुरुमा ढुंगा फोड्ने काम गरेका उनी अहिले सामान्य रेखरेख गर्छन् । काममा लागे पीरचिन्ता हट्ने उनी बताउँछन् । भन्छन्, ‘घरमै बसिरहे छटपटी हुन्छ । बितेकी बूढीको याद आइरहन्छ । चिन्ताले रोगी बनाउँछ । त्यसैले समय कटाउन पनि काम गरिरहेको छु ।’

Global Ime bank

धनकुटाको स्याबुङमा १९७६ वैशाखमा जन्मिएका मानवीर विसं २०१४ सालमा चितवन बसाइँ आएका हुन् । चितवन आउँदा चार बिगाह १६ कट्ठा जग्गाजमिन जोडेका मनवीरसँग यतिखेर एउटा सानो कच्ची घर र घडेरीमात्र बाँकी छ । अब उनीसँग जीवनका दुःखसुखका कहानीमात्र बाँकी छ । 

बूढ्यौलीको संकेत अनुहारमा प्रष्ट देखिए पनि उनी अहिलेसम्म निरोगी नै छन् । रोग लागेर औषधि खानुपरेको आजसम्म सम्झना छैन उनलाई । तीन छोरा र तीन छोरीका पिता उनको सहारा भएका छन् कान्छा छोरा सन्तवीर । जसले श्रवणकुमारले झैँ सधैँ बुबालाई साइकलमा लिएर हिँड्छन् ।

उनी विसं १९९० सालको भुँइचालोबारे भन्छन्, ‘त्यसबेला म १४ वर्षको थिएँ । धनकुटामा गाईवस्तु तह लगाएर भक्याम्लो टिप्न लाग्दा रुखैसहित भीरबाट खसेँ । म हाँगा समातेर बाँचेँ । धेरै विनास भयो, धेरै मान्छे र बस्तुभाउ मरे । त्यसपछिको ठूलो भुँइचालो ०७२ सालमा आएको थाहा पाएँ ।’

उनी पहिलेजस्तो ऐनकानुन नभएको बताउँछन् । भन्छन्, ‘पहिले कसैले गल्ती ग¥यो भने पाता कसेर ठानासम्म पुर्याउँथे । अहिले त जमाना नै अर्कै भइगयो, गल्ती गर्नेलाई पुलिसले पनि समाउन छाड्यो ।’

जुद्ध शमशेरकी रानीले तत्कालीन अवस्थामा धनकुटाको चौतारामा भनेको स्मरण गर्दै उनी भन्छन्, ‘जुद्ध शमशेरकी रानीले चार कक्षासम्म सबैले पढ्नुपर्छ भन्थिन् । चार कक्षा पढे सरकारी अड्डामा काम पाइन्छ । धेरै पढेर के काम हलो जोती माम भनेर अर्ती दिन्थिन् । अहिले त खेती किसानी गर्ने कम हुँदै गए, जग्गा पनि बाँझो रहन थाल्यो ।’

उनले बाल्यकालमा गाईबाख्रा चराए, यौवनकालमा भारतको चिया कम्पनीमा मजदूरी गरे र जीवनको उत्तराद्र्धमा पनि जागिरे जिन्दगी बिताइरहेका छन् । उनी आफ्नो जीवनबारे भन्छन्, ‘अब सय पुग्न दुई वर्ष बाँकी छ । के गर्नु उमेर सिद्धियो, दुःख सिद्धिएको छैन ।’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय