site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश राजधानीको माग गर्दै दिपायलमा मोटरसाईकल र प्रहरी विटमाथि आगजनी
Tiktok banner adTiktok banner ad

धनगढी । प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि दिपायलको आन्दोलन उग्र बन्दै गएको छ । अस्थायी मुकाम तोक्नुअघिदेखि नै प्रदेश राजधानीको माग गर्दै आन्दोलन गरिरहेका उनीहरुले आन्दोलनलाई अझ उग्र वनाउँदै लगेका छन । यसले डोटीको जनजीवन प्रभावित हुनुका साथै कष्टकर पनि बनेको छ । 

आन्दोलनकारीहरुले आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँसेका छन । पार्टीको झण्डा हटाएर कालोझण्डा हालेका हुन् ।

यस्तै कार्यालयको प्रांगणमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र आरजु देउवाको पुत्ला बनाएर बजार परिक्रमा गराईएको छ । बजार घुमाएपछि पुत्ला दहन गरिएको छ । 

यता आन्दोलन  उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।  आन्दोलनकारीहरुको भीड उग्र बन्दै आन्दोलन अराजक बन्न थालेपछि प्रहरीले सुरक्षा सर्तकता वढाएको हो ।

प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरेपछि आन्दोलनकारीहरुलाई तितरबितर पार्न ४ राउण्ड अश्रुग्याँस प्रहार गरिएको हो । अश्रुग्यास प्रहारवाट ३ जना घाइते भएका छन । आन्दोलनकारीले एक मोटर साईकलमाथि पनि आगजनी गरेका छन ।

डोटीको सदरमुकाममा जिल्ला वन कार्यालय डोटीको मोटर साईकलमा आगजनी गरिएको छ । कार्यालयको बा १ ब ७६३९ नम्बरको मोटर साइकल माथी आगजनी गरिएको हो ।

आन्दोलनकारीले दिपायलको पिपल्ला बजारमा रहेको ट्राफिक प्रहरीको चेक पोष्टमा आगजनी समेत गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro