
काठमाडौं । इन्डोनेसियाले गाजाका दुई हजार घाइतेको उपचार गर्ने घोषणा गरेको छ । राष्ट्रपतिको प्रवक्ताले बताएअनुसार इन्डोनेसियाले गाजाका दुई हजार घाइतेको उपचार गर्नेछ । तर, घाइते व्यक्तिहरू इन्डोनेसियामा कसरी आइपुग्छन् भन्ने जानकारी हालसम्म दिइएको छैन ।
इन्डोनेसियाले सिंगापुरको दक्षिणमा रहेको गलाङ टापुमा देशको रक्षा र विदेश मन्त्रालयको समन्वयमा एउटा चिकित्सा सुविधा स्थापना गरिने बताएको छ ।
संयुक्त राष्ट्रसंघले पहिले यो टापुमा भियतनामी शरणार्थीहरूलाई शरण दिएको थियो र महामारीको समयमा त्यहाँ कोभिड रोगीहरूको उपचारका लागि अस्पताल स्थापना गरिएको थियो ।
प्रवक्ताले भने, “यो आप्रवासन होइन । यो केवल उपचारको उद्देश्यले हो, जब उनीहरू निको हुन्छन् र उनीहरूको हेरचाह्र पूरा हुन्छ, तब उनीहरू गाजा फर्कनेछन् ।”
इन्डोनेसिया यो संघर्षको चर्चामा सामेल भएको यो पहिलोपटक होइन । इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिअन्तोले गत अप्रिलमा भनेका इन्डोनेसिया लगभग एक हजार गाजावासीहरूलाई शरण दिन तयार रहेको बताएका थिए ।