site stats
नेपलिज एसोसियसन अफ इन्डियानाद्वारा शीतलहरपीडितलाई एक लाख सहयोग

काठमाडौं । नेपलिज एसोसियसन अफ इन्डियाना (अमेरिका)ले शीतलहरबाट प्रताडित भएका रौतहट लक्ष्मीनिया र डुमरियाका ५० घरधूरी मुसहरलाई न्यानो खरिद गर्न एक लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष अरूण राजभण्डारी र सचिव अनन्त आचार्यले सामाजिक सञ्जाल प्रयोगकर्ताको समूह (लेनिन बञ्जाडे र अक्षर काका)लाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उक्त समूहले शीतलहरको अत्यधिक चपेटामा परेको रौतहट चन्द्रपुर नगरपालिकाका वडा नम्बर ६ अन्तर्गतका बस्तीमा आइतबार न्यानो हस्तान्तरण गर्नेछ । 

पूर्वी र पश्चिम तराईका विभिन्न जिल्ल्लामा शीतलहरबाट मानिसहरू आक्रान्त भइरहेको र करिब २५ जनाले ज्यान गुमाइसकेकाले न्यायो खरिद गरी वितरणका लागि सहयोग रकम उपलब्ध गराएको राजभण्डारीले जानकारी दिए ।

संस्थाले पूर्वी तराईका लागि एक लाख र पश्चिम तराईका लागि एक लाख नेपाली रुपैयाँ सहयोग दिन लागेको हो ।
 

प्रकाशित मिति: