
काठमाडौं । पूर्वयू–२० राष्ट्रिय टिमकी खेलाडीहरू अञ्जली चन्द र सविना चौधरी भुटानको प्रमुख क्लब थिम्पु सिटी एफसीमा अनुबन्धित भएका छन् । उनीहरूले बीओबी भुटान महिला राष्ट्रिय लिग–२०२५ मा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडीको सम्झौता अक्टोबर २०२५ को अन्त्यसम्म रहनेछ ।
थिम्पु सिटी एफसी हाल अंक तालिकामा गोलअन्तरका आधारमा चौथो स्थानमा छ । सम्झौताअनुसार क्लबले दुवै खेलाडीलाई आवागमनको हवाई टिकट, पूर्ण आवास सुविधा तथा प्रतिस्पर्धात्मक मासिक पारिश्रमिक उपलब्ध गराउने क्लबले जनाएको छ । सम्झौताका निम्ति आवश्यक वर्क परमिट र भिसासहित सबै प्रक्रिया सम्पन्न भइसकेकोसमेत क्लबले जनाएको छ ।
अञ्जली आफ्नो परिचित मिडफिल्डर/विङरको भूमिकामा खेल्छिन् । सविना राइट–ब्याक/डिफेन्डरको रूपमा मैदानमा उत्रनेछिन् ।