site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक

काठमाडौं । एएफसी महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० को अग्रता बनाएको छ । 

बुधबार उज्वेकिस्तानको तास्केन्तमा जारी खेलमा मध्यान्तरसम्म नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरिन् । यस्तै, अर्को एक गोल रक्षक गीता रानाले थपिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको आठौँ मिनेटमा गीताको गोलमा नेपालले अग्रता बनाएको थियो । जसलाई २०औँ मिनेटमा सावित्राले दोब्बर बनाइन् । यस्तै, ४२औँ मिनेटमा सावित्राले नै गोल गरेपछि नेपालले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । ४५औँ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको हो । 

प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो । यता, श्रीलंका भने पहिलो खेलमा उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो । 

प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपाल, श्रीलंका, लाओस र उज्वेकिस्तान छन् । समूहबाट शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ ।

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्