site stats
बाह्रखरी :: Baahrakhari
खेल
सावित्रा भन्छिन्– अन्तिम चुनौतीका निम्ति तयार छौँ

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले एएफसी एसियन कप छनोटमा अन्तिम चुनौती बाँकी नै रहे पनि टिम त्यसका लागि तयार रहेको बताएकी छन् । 

नेपालले बुधबार छनोटमा लगातार दोस्रो जित निकाल्ने क्रममा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकाविरुद्ध ८–० को जित निकालेको थियो । जसमा सावित्राले ह्याट्रिक गरेकी थिइन् । त्यसअघि नेपालले पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“समग्रमा राम्रो भयो । यो सबै टिमको प्रयासबाट नै आएको हो । हामीले पाएको कर्तव्यलाई राम्रोसँग पूरा गर्यौँ । प्रशिक्षणको पहिलो दिनदेखि नै सेटपिसमा काम भइराखेको थियो । बलसँग अग्रनाइज भएर खेल्ने रणनीतिअनुसार सेटपिसमा पनि राम्रो गर्न सफल भयौँ,” जितपछि सावित्राले भनिन्, “हामीसँग अहिले ६ अंक छ । खेलाडीमा सकारात्मक भावना छ । अब सबैभन्दा ठूलो चुनौती बाँकी छ, त्यसलाई स्वीकार गरेर लड्न तयार छौँ ।”

प्रतियोगिताको समूह ‘एफ’ मा रहेको नेपालले यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल जुलाई ५ मा तास्केनमै हुनेछ । यही खेलबाट यो समूहबाट एसियन कपमा छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्