site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा नेपालीको अवस्था कस्तो छ ? यस्तो भन्छन् राजदूत

काठमाडौं । इजरायल र इरानबीच विकसित पछिल्लो घटनाका बीच इजरायलमा रहेका नेपालीको अवस्था मूल्यांकनका लागि गैरआवासीय नेपाली संघले त्यहाँस्थित नेपालीहरूसँग अन्तर्क्रिया गरेको छ । त्यहाँस्थित दूतावासका राजदूतसहितको उपस्थितिमा बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तर्क्रियाका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनएब) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलमा निकै संवेदनशील अवस्था रहेको बताए ।

उनले भने, "अहिले इजरायलको अवस्था पहिलेका युद्धको समयमा भन्दा संवेदनशील छ, तर तोकिएका सुरक्षाका मापदण्ड अवलम्बन गर्दा त्यति असुरक्षा छैन । लापरबाही गर्नुभएन ।" 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले इजरायल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्डको पालना गर्न र सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा नकारात्मक सामग्री पोस्ट नगर्न पनि अनुरोध गरे । उनले नेपाल फर्कन चाहने हो भने परराष्ट्र मन्त्रालयले जारी गरेको फारम भर्न पनि अनुरोध गरे । 

यस्तै, एनसीसी इजरायलका महासचिव अलि मोहम्मद मिँयाले इजरायली सरकारले निर्धारण गरेको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सुझाव दिएका छन् । उनका अनुसार, हाल गाडी, पसल लगायत सबै सेवा खुल्ला छन् र सामान्य सुविधा उपलब्ध छन्, तर युद्धकोब अनिश्चितताबीच सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे ।

यस्तै, त्यहाँस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायल सरकारले भनेको र तोकेको सुरक्षाको मापदण्ड अपनाउन, सेल्टरमा बस्न आग्रह गरे । नेपाल फर्कन चाहने नेपालीलाई परराष्ट्र मन्त्रालयले खुला गरेको फाराम भर्न सुझाउँदै उनले हालसम्म खासै कसैले तत्काल उद्धारका लागि अनुरोध नगरेको बताए ।

उनले भने, “हालसम्म कसैले तत्काल उद्धार गर्न भनेका छैनन् तर विराटनगरका मेयरज्यू र एक नेपाली चिकित्सकको लागि प्रक्रियागत काम हामीले गरेका छौँ, भने केही अन्डकुमेन्टेड नेपालीले आफूहरू फर्कन चाहेको बताएका छन् । त्यसैले अब जसले फर्कन चाहन्छन् उनीहरूलाई फर्काउन हामीलाई पहल गर्न सहज हास् भनेर दूतावासले पनि फारम भराउन सुरु गरेको हो । त्यो फाराम भर्न म सबैलाई आग्रह गर्छु ।" उनले  दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अन्तर्क्रियाका क्रममा इजरायलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले आफ्नो अवस्थाबारे जानकारी गराउँदै तत्काल नेपाल आइहाल्ने मनस्थिति नरहेको बताएका थिए । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्