site stats
बाह्रखरी :: Baahrakhari
विदेश
के निर्णय गर्‍यो ट्रम्पले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठकले ?

काठमाडौं । इजरायल र इरानबीचको एकअर्कामाथिको हवाई आक्रमण जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संघर्षमा अमेरिकाको भूमिका बढाउने योजनामा रहेको सीएनएनले जनाएको छ । 
 
यसै सन्दर्भमा उनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरिटी काउन्सिल)को बैठक गरेका छन् । बैठकमा उनले इरानी परमाणु सुविधाहरूमा अमेरिकी सैन्य हस्तक्षेप गर्ने योजनामा सकारात्मक देखिएको समाचारमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलसँग मिलेर फोर्डोसहित इरानी परमाणुस्थलहरूमा आक्रमण गर्ने योजना बनाइरहेको अमेरिकी समाचार संस्था सीबीएसले विभिन्न जानकार स्रोतहरूबाट सूचना प्राप्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस विषय आज ह्वाइट हाउसको सिचुएसन रुममा भएको बैठकमा छलफल गरिएको हुनसक्ने बताइएको छ । तर, ट्रम्पका नजिकका सल्लाहकारहरू बीच यसमा पूर्णसहमति नभएको पनि स्रोतहरूले जनाएका छन् ।

ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्सँग ह्वाइट हाउसको सिचुएसन रुममा एक घण्टा २० मिनेटसम्म छलफल चलेको थियो । तर, बैठकपछि ट्रम्पले कुनै प्रतिक्रिया दिएनन् । 

फक्स न्युजका वासिङटनका प्रमुख संवाददाता माइक इमानुएलका अनुसार, अमेरिकाले सम्भावित हस्तक्षेप र हवाई आक्रमणसमेतको विकल्प खुला राखेको छ । ट्रम्पले इरानी शासकलाई बिनासर्त आत्मसमर्पण गर्न भनेका छन् ।

ट्रम्पले सोमबार जी– ७ शिखर सम्मेलन समयभन्दा अघि छाडेर इजरायल र इरानबीच जारी द्वन्द्वबारे छलफल गर्न यो बैठक राखेका थिए ।

अमेरिकी र इजरायली मिडियाहरूका रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोनमा वार्ता गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्