
गाजा । गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ प्यालेस्टाइनीको मृत्यु भएको छ । दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
प्यालेस्टाइनी समाचार एजेन्सी वफाका अनुसार गाजा सहरको अल–जर्का क्षेत्रमा गरिएको आक्रमणमा एकजनाको मृत्यु भएको छ । धेरैजना घाइने छन् ।
गाजाको अस्कौला क्षेत्रस्थित एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँचजनाको ज्यान गएको छ । त्यहाँ आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ ।
मध्य गाजास्थित अल–बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निसाना बनाउँदा दुईजनाको मृत्यु भएको छ । अल–माघाजी शिविरमा पनि आक्रमणपछि दुईजनाको शव अस्पतालमा ल्याइएको छ ।
दक्षिण गाजाको खान युनुसस्थित अल–मवासी क्षेत्रमा विस्थापित बसोबास गरिरहेका शिविरमा इजरायली आक्रमणबाट सातजनाको मृत्यु भएको छ । १० भन्दा बढी व्यक्ति घाइते छन् ।
आक्रमणमा एकजना बुवा र उनका छोराको पनि ज्यान गएको जनाइएको छ । रासस/क्यूएनए