site stats
बाह्रखरी :: Baahrakhari
खेल
उज्वेकिस्तानविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक, प्रीतिको ठाउँमा पूजा

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले यसअघिको खेलमा चोट बोकेकी प्रीति राईको स्थानमा पूजा रानालाई मौका दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।

दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।

समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।

यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले पुग्दैन । यो खेलको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमानुसार समूहबाट छानिने टोलीको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट गरिनेछ ।

अर्थात्, आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउन नेपालले उज्वेकिस्तानलाई कम्तीमा पेनाल्टी सुटआउटमा भए पनि हराउनुपर्ने समीकरण छ ।

नेपालको सुरुआती–११
अञ्जना रानामगर (गोलकिपर), समीक्षा घिमिरे, रेनुका नगरकोटे, सावित्रा भण्डारी (कप्तान), रश्मीकुमारी घिसिङ, अनिता बस्नेत, गीता राना, सविता रानामगर, निशा थोकर र सरस्वती हमाल ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्