राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगतिको अवस्थामा छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिका बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ ०६:४८
प्रतिक्रिया दिनुहोस्