
काठमाडौं । राजस्थानको टोंक जिल्लामा मंगलबार दिउँसो बनास नदीमा डुबेर आठजनाको मृत्यु भएको छ ।
घटनाको बारेमा जयपुर प्रहरीलाई जानकारी गराइएको थियो । टोंक जिल्लाको सदर प्रहरी चौकी क्षेत्रको पुराना बनास पुलनजिकै भएको यो घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको थियो ।
टोंक जिल्लाका प्रहरी उपरीक्षक (एसपी) विकास सांगवानले फोनमा बीबीसी हिन्दीलाई भने, “११ जना युवा थिए जसमध्ये तीनजनालाई उद्धार गरिएको छ । आठजना युवाको डुबेर मृत्यु भएको छ । ती सबै जयपुरका बासिन्दा थिए ।”
घटनाप्रति दुःख व्यक्त गर्दै पूर्व मुख्यमन्त्री अशोक गहलोतले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, “प्रशासन र सरकारले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिने कुरा सुनिश्चित गर्नुपर्छ ।”