site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युनुसको आरोप– शेख हसिनाको बयानबाजी रोक्ने माग मोदीले गरे अस्वीकार

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक बयानबाजी दिन रोक्न आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरेको आग्रहलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।

युनुसले गएको अप्रिलमा बैंककमा बिम्स्टेक शिखर सम्मेलनका बेला द्विपक्षीय भेटघाटमा मोदीसँग हसिनालाई भारतबाट राजनीतिक वक्तव्य दिन रोक्न अपिल गरेका जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लन्डनको च्याटम हाउसमा बुधबार (जुन ११) आयोजित कार्यक्रममा युनुसले भने, “हसिनाको प्रत्यर्पणका निम्ति बांगलादेशले भारतसँग प्रयास जारी राख्नेछ ।”

उनले अगाडि भने, “हामी भारतसँग धेरै राम्रो सम्बन्ध राख्न चाहन्छौँ । त्यो हाम्रो छिमेकी देश हो । हामी उनीहरूसँग कुनै समस्या भएको चाहँदैनौँ । तर, भारतीय प्रेसको फेक न्युजले गर्दा हरेक समय केही न केही समस्या आइरहन्छ ।”

“यसले बंगलादेशलाई चिन्तित बनाउँछ । हामी यसलाई नियन्त्रण गर्न प्रयास गर्छौं, तर साइबर स्पेसमा धेरै चिज हुँदै रहन्छ र हामी त्यसबाट अलग रहन सक्दैनौँ,” उनले थपे ।

युनुसले भने, “हामी शान्त रहने प्रयास गर्छौं, तर अचानक केही घटना घट्छ र फेरि उत्तेजित बनाउँछ । यो समयमा हाम्रा निम्ति शान्ति स्थापित गर्नु नै ठूलो काम हो ।” बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्