
काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अल्जेरिया तथा अर्को प्रिमियर लिग क्लब वुल्भरह्याम्पटनका फरवार्ड आइत नुरीलाई पाँच वर्षका निम्ति अनुबन्ध गरेको छ ।
आइत सन् २०२२ मा फ्रेन्च लिग वान टोली रेन्जर्सबाट लोनमा वुल्भस्मा २०२६ सम्मका निम्ति अनुबन्धित थिए । सिटीले क्लब विश्वकपअगावै रेन्जर्सलाई बाँकी एक वर्षको रकम तिरेर उनलाई टिममा भित्र्याइएको जनाएको छ ।
आइतले वुल्भस्मा रहँदा पाँच सिजनमा १५७ खेल खेल्दा १२ गोल र १९ ऐस्सिट गरेका छन् । उनले सिटीमा अनुबन्ध हुन पाउँदा ‘ड्रिम क्लब’बाट खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन् ।
“सिटी विश्वको ठूला क्लबमध्येको एक हो । र, यस टिमबाट खेल्ने मेरो सपना पूरा भएको छ । म प्रशिक्षक पेप गोर्डिओलासँग सिक्न र विश्वकका चर्चित हस्तीसँग खेल्न निकै उत्सुक छु,” आइतले भनेका छन् ।
सिटीका निर्देशक ह्युगो भियानाले पनि उनलाई टिमले केही समयदेखि अनुबन्ध गर्न निगरानी गरिरहेको खुलाएका छन् । “आइतसँग प्रिमियर लिगको धेरै अनुभव छ । उनले अल्जेरियाबाट खेलेर अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन्,” ह्युगोले भनेका छन् ।
उनको अनुबन्धका विषयमा सिटीले पूर्ण जानकारी दिएको छैन । ब्रिटिस सञ्चारमाध्यमले भने आइत र सिटीबीच ३३.७ मिलियन पाउन्डमा सम्झौता भएको जनाएका छन् ।