राजनीति
-1748326379.jpg)
काठमाडौं । प्रतिनिधिसभा बैठकको समय फेरि सारिएको छ । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि आजै अपराह्न ५:३० बजे बस्ने गरी तय गरिएको छ ।
आज दिउँसो १ बजे बैठक बस्ने पूर्वनिर्धारित कार्यसूची थियो । तर, सत्तापक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३:१५ का लागि बैठक सारिएको थियो ।
यस अवधिमा पनि सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले आजै अपराह्न ५:३० बजेका लागि बैठक तय गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ १७:०९
प्रतिक्रिया दिनुहोस्