site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते
प्रतिकात्मक तस्बिर ।

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुई विद्यार्थीसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा आज बिहान ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः२० बजे मृत्यु भएको हो ।

घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ । रासस
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्